एक्काले सिड्नीमा शैक्षिक मेला गर्ने

एक्काले सिड्नीमा शैक्षिक मेला गर्ने


सिड्नी । एजुकेशन कन्सल्टेन्सीहरूको संस्था एजुकेशन कन्सल्टेन्ट एलाइन्स (एक्का)ले एजुकेशन एण्ड माइग्रेसन फेयर आयोजना गर्ने भएको छ । सिड्नी टाउनहलमा रहेको रिजेज होटलमा आयोजना हुने मेलामा शैक्षिक परामर्शदाता संस्था, विद्यार्थी, विमाप्रदायक, कलेज, विश्वविद्यालय लगायतका सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने जानकारी एक्काका अध्यक्ष निरज श्रेष्ठले दिए ।

अस्ट्रेलियामा हालै विद्यार्थी, अध्यागमन लगायतका नियमहरुमा निकै छिटो परिवर्तन भइरहेको बताउँदै विद्यार्थीहरुलाई यस सम्बन्धमा भरपुर जानकारी दिनु मेलाको प्रमुख उद्देश्य रहेको बताइएको छ ।

‘यहाँको शैक्षिक, अध्यागमन लगायतका नीतिमा तीव्र परिवर्तन भइरहेका छन् । विद्यार्थीहरुलाई यसै सम्बन्धमा पूर्ण जानकारी दिनु र उनीहरुलाई सही मार्गदर्शन गराउनु हाम्रो प्रमुख उदेश्य हो’, संस्थाका सदस्य सुनिल उप्रेतीले भने । भूपाल सिटौलाले सञ्चालन गरेको सो कार्यक्रममा हाल अस्ट्रेलियामा चीनियाँ र भारतीयपछि सबैभन्दा बढी नेपाली अध्ययनरत रहेको जानकारी दिइएको थियो ।

– राजन घिमिरे