मेयर ममतामाथि आक्रमण गरेको आशंकामा तीन पक्राउ

मेयर ममतामाथि आक्रमण गरेको आशंकामा तीन पक्राउ


कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन् । प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले पक्राउ परेका शंकास्पद तीन जनामाथि अनुसन्धान थालिएको जानकारी दिएका हुन् ।

पक्राउ परेकाहरुको नाम अहिले खुलाउन नमिल्ने भन्दै अतिरिक्त महानिरीक्षक नेपालले आक्रमणकारी आज वा भोलिसम्ममा पहिचान भइसक्ने दाबी गरे । घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नं को मोटरसाइकल बरामद गरेको बताइएको छ ।

घोडाघोडी नगरपालिकाको सुखड बजारको आफ्नै घरमा रहेका प्रमुख चौधरीलाई मोटरसाइकलमा आएका अज्ञात तीन व्यक्तिले गएराति टाउकामा खुकुरी र पेट र खुट्टामा गोली प्रहार गरी फरार भएका थिए । आक्रमणबाट घाइते भएका चौधरीलाई तत्काल घोडाघोडी अस्पताल र थप उपचारका लागि गएराति नै नेपालगञ्ज लगिएको थियो । उनलाई नेपालगञ्जबाट हेलिकप्टरमार्फत आज काठमाडौँं ल्याइएको छ । नेकपा (एमाले)का तर्फबाट उनीनगरपालिकाको प्रमुखमा विजयी बनेका हुन् ।

उनलाई खुट्टा र कम्मरमा गोली लागेको थियो भने टाउकोमा खुकुरी प्रहार भएको थियो । नेत्रविक्रम चन्द विप्लबका कार्यकर्ताले नगर प्रमुख चौधरीलाई राजीनामा दिन दबाब दिएको राससले जनाएको छ ।

भाइते चौधरीलाई केही दिनअघि सोही नगरपालिकाको देउकलियामा बोक्सीको आरोपमा स्थानीय युवती राधा चौधरीमाथि भएको कुटपिटको घटना गाउँमै मिलाउन दबाब दिई प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप लागेको थियो ।