दुवै तेक्वान्दो फिप्ट्टी-फिप्ट्टी हुन् : अर्जुन विक

दुवै तेक्वान्दो फिप्ट्टी-फिप्ट्टी हुन् : अर्जुन विक


सन् २०१८ मा इन्डोनेसियामा आयोजना हुन गैरहेको एसियाली खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय तेक्वान्दो संघ नेपालका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले बन्द प्रशिक्षणमा राखेको छ । हालै सम्पन्न राखेप च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेर स्वर्ण पदक जित्न सफल खेलाडीलाई राखेपले बन्द प्रशिक्षणमा राखेको हो ।

उक्त बन्द प्रशिक्षण राष्ट्रिय तेक्वान्दो संघका १३ जना खेलाडी रहेका छन् । जस्मा महिलातर्फ ४९ केजीमा दिना तामाङ पश्चिमांचल, ५३ केजीमा अन्जली चौधरी पूर्वान्चल, ५७ केजीमा सुनिता तामाङ पूर्वान्चल, ६७ केजीमा समिक्षा राना पश्चिमांचल, ६७ केजी प्लसमा रचना पटेल मध्यपश्चिमांचल रहेका छन् ।

त्यस्तै पुरुषतर्फ ५८ केजीमा तपन केवत पश्चिमांचल, ५८ केजीमा सुरेन्द्र कुँवर मध्यमांचल, ६३ केजीमा शुक्र विश्वकर्मा पूर्वान्चल, ६८ केजीमा प्रेमबहादुर नेपाली पश्चिमांचल, ८० केजीमा सुजन रोक्का मगर मध्यपश्चिमांचल, ८० केजीमा विपीनराज सिंह दर्जी मध्यमांचल, ८० केजी प्लसमा डम्वरबहादुर बोहरा सुदुरपश्चिमांचल र ८० केजी प्लसमै सुदुरपश्चिमांचलकै धिरेन्द्रसिंह कठायत क्षेत्री रहेका छन् ।

यसैगरि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई प्रशिक्षण दिन राखेप प्रशिक्षक हरिबहादुर बुढाथोकी, चुलाई मुखिया, मोहन विश्वकर्मा र संघका प्रशिक्षक राकेश कुमार राई रहेका छन् । त्यस्तै बन्द प्रशिक्षणको अनुगमन तथा निरिक्षणमा संघका संरक्षक परिषदका सदस्य प्रदीप जोशी (टेकराज) राखेपका बरिष्ठ प्रशिक्षक ध्रुवबहादुर गुरुङ, बरिष्ठ प्रशिक्षक शेरबहादुर थापा मगर रहेका छन् ।

साथै बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका राष्ट्रिय टीम तयारी समितिका प्रमुख अर्जुन विश्वकमा, संघका अध्यक्ष शिव कोईराला र निरिक्षक प्रदीप जोशीले तेक्वान्दो खेलकुद सामग्री प्रदान गरेका थिए ।

सो अवसरमा राष्ट्रिय तयारी टीमका प्रमुख अर्जुन विकले दुवै तेक्वान्दो संघ फिट्टी फिट्टी प्रतिसत भएको र दुवैगरि सय प्रतिसत तेक्वान्दो भएको जानकारी गराउँदै खेलाडीहरूलाई विजयको शुभकामना दिएका थिए ।