सागमा कराते पदक जित्ने खेलाडी सम्मानित

सागमा कराते पदक जित्ने खेलाडी सम्मानित


गोदावरी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता कराते खेलाडीलाई नगदसहित सम्मान गरेको छ । गोदावरी नगरपालिकाले आफ्नो पहिलो स्थापना दिवसमा उनीहरुलाई सम्मान गरेको हो ।

आठौं र नवौं सागका स्वर्ण विजेता दीपक श्रेष्ठ, आठौं सागका स्वर्ण विजेता गंगाराम महर्जन र १० औं सागकी रजत विजेता अमृता शाक्य सम्मानित भए । उनीहरुलाई नगद १० हजार प्रदान गरियो । उसुका निकेश श्रेष्ठलाई पनि नगद ५ हजारसहित सम्मान गरिएको थियो ।

वज्रवाराहीमा आयोजित कार्यक्रममा उनीहरुलाई प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पोखरेलले खेलाडीलाई सम्मान पत्र र नगद प्रदान गरी सम्मान गरेका थिए ।