मेलम्चीमा मेयर कप भलिबलमा बीस टोलीको प्रतिस्पर्धा

मेलम्चीमा मेयर कप भलिबलमा बीस टोलीको प्रतिस्पर्धा


मेलम्ची नगर युवा क्लबको आयोजनामा जिल्लास्तरीय मेयर कप भलिबल प्रतियोगिता चैत १५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा २० पुरुष टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक सानुबाबु गिरीले जनाएका छन् ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
चारदिने प्रतियोगिताका खेलहरु मेलम्ची बजारमा हुनेछ । त्यस दौरान विविध सांस्कृति कार्यक्रम पनि हुने आयोजकले जनाएको छ ।