भारतीय चालकको मृत्यु

1 Shares

भारतीय नंको ग्यास बुलेट गए राति त्रिशूली नदीमा खस्दा भारतीय चालकको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको उक्त ग्यास बुलेट त्रिशुल्लीमा खसेको हो ।

इच्छाकामना गाउँपालिका–६ पाँचकिलो भन्ने ठाउँबाट केएओ १ एएच२५९६ नंको बुलेट राति ९ः३० बजे त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चालकको बुलेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम वतन खुल्न सकेको छैन । उनी भारतीय भएको प्रहरीले अनुमान गरेको छ । बुलेट खाली रहेको र अन्य यात्रु नरहेको बताइएको छ ।

1 Shares

प्रतिक्रिया