कांग्रेस उम्मेदवारको पक्षमा उभियो राप्रपा (प्रजातान्त्रिक)

कांग्रेस उम्मेदवारको पक्षमा उभियो राप्रपा (प्रजातान्त्रिक)


आज हुने राष्ट्रपतिको तेस्रो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई मतदान गर्ने भएको छ । सो पार्टीको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको हो ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकले यही फागुन २४ गते कैलाली जिल्ला, घोडाघोडी नगरपालिका–५ देउकलीमा स्थानीयवासी किशोरी राधा चौधरीमाथि भएको कुटपिटको निन्दा गर्दै घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेको सो पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिएका छन् ।

यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनाप्रति राप्रपाले दुःख व्यक्त गर्दै निष्पक्ष छानविनको माग गरेको छ ।