राष्ट्रिय फुल कन्ट्याक्ट कराते चैत्र २ देखि

राष्ट्रिय फुल कन्ट्याक्ट कराते चैत्र २ देखि


नेपाल क्योकुसिन कराते डो संघ बज्र (आईकेओबी) को आयोजनामा १५औं पुरुष तौलसमूह तथा १४ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता चैत २ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ७० पुरुष र ३२ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संघका अध्यक्ष जगत गौचनले जानकारी गराएका छन् । पुरुषमा ३ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ भने महिलामा खुला तौलसमूह खेल हुनेछ । पुरुष÷महिलाको कातामा पनि प्रतिस्पर्धा हुनेछ ।

प्रत्येक विधाका विजेताले १० हजार, उपविजेताले ५ हजार, तेश्रोले २ हजार ५ सय तथा चौथो हुनेले १ हजार २ सयका दरले नगद पुरस्कार पाउने छन् । दुईदिने प्रतियोगताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।