राष्ट्रियसभा अध्यक्षमा गणेश तिमल्सिना निर्विरोध

राष्ट्रियसभा अध्यक्षमा गणेश तिमल्सिना निर्विरोध


एमालेमा राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार छनोटका लागि निकै माथापच्ची चलेपछि गणेश तिमल्सिनाको नाम चयन भएकोमा तिमल्सिना निर्विरोध अध्यक्ष चयन भएका छन् ।

सो पदका लागि तिमल्सिनाका अलावा एमालेका परशुराम मेघी गुरुङ, बलराम बास्कोटालगायत आकांक्षी थिए । गणेश पनि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् ।

तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल थिए । तिमल्सिना अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ ।