सिद्धार्थ उद्योग वाणिज्य संघमा न्यौपाने प्यानल विजयी

सिद्धार्थ उद्योग वाणिज्य संघमा न्यौपाने प्यानल विजयी


पुनहरि बेल्बासे

रुपन्देही । वि.सं. २०११ सालमा उद्योगी व्यवसायीको हकहित र संरक्षणकालागी गठन भएको सिद्धार्थ उद्योग वाणिज्य संघको ५९ औं अधिवेशनबाट आगामी तीनवर्षे कार्यकालका लागि कुलप्रसाद न्यौपानेको प्यानल विजयी भएको छ । अध्यक्ष कुलप्रसाद न्यौपानेले ८६९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकट प्रतिद्वन्द्वी डा. शान्तकुमार शर्माले ६७३ मत प्राप्त गरेका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा भिष्मप्रसाद न्यौपाने विजयी भएका छन् । उनले ९२७ मत प्राप्त गरेका थिए भने निकटतम् प्रतिद्वन्द्वी नवराज न्यौपानेले ६४६ मत प्राप्त गरेका छन् । उद्योग तर्फको उपाध्यक्षमा अरुणकुमार गोयनका ९६१ ल्याएर विजयी भएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी शान्ता जिसीले ६४८ प्राप्त गरेका छन् ।

वाणिज्यतर्फको उपाध्यक्षमा ठाकुरकुमार श्रेष्ठले १०६८ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी विनोद खरेलले ४९४ मत प्राप्त गरेका छन् । त्यस्तै महासचिवमा नेत्रप्रसाद आचार्यले १०९३ गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी इम्तियाज अहमदले ४५८ मत ल्याएका छन् । कोषाध्यक्षमा दिलिपकुमार कान्दु ८०८ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वि रविकुमार श्रेष्ठले ७६० मत प्राप्त गरेका छन् । सचिवमा विजय पाण्डेले ९३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वि पशुपति प्रसाद कान्दुले ६८२ मत प्राप्त गरेका छन् ।

उता सदस्य (उद्योग) तर्फ ५ पदका लागि ८ उम्मेदवार गोबिन्द ज्ञवाली ९४८, मंगल भण्डारी ९८३, रमेश घिमिरे ८७२, सुरेन्द्र पौड्याल ८३०, भुवन कुमार कान्दु ८१३ मत प्राप्त गरी विजयी भएका छन् भने विकास कुमार गोयनका ७७८, सुजित कुमार श्रीवास्तव ६३३ र उमा शंकर मिश्र ६३३ मत प्राप्त गरी पराजित भएका छन् ।

भने सदस्य (वाणिज्य) तर्फ १० पदका लागि हरिश कुमार सेठिया ९५१, धर्मवीर शर्मा ९१७, गौरब श्रेष्ठ ८४७, सञ्जय कुमार बेरीवाल ८४० प्रितम रौनियार ८२८, अर्जुन कार्की ७६८, कमल प्रसाद मरासीनी ७६३, गोपाल भण्डारी ७५९, त्रिलोकी प्रसाद तेली ७३३ र गंगासागर अग्रहरी ७२३ मत प्राप्त गरी विजयी भएका थिए भने मृगेन्द्रगोबिन्द श्रेष्ठ ७०१, कृष्ण प्रसाद अधिकारी ६३६, भवानी बुर्लाकोटी ६३२, रियाज वारिस ६१९, रामवचन तेली ५२५, संचित खन्ना ४८६, हरि प्रसाद पाण्डे ४४६, सतिष कुमार कौशल ४०७ र सतवीर अली पठान ३७६ मत प्राप्त गरी पराजित भएका छन् ।

अन्य पदकालागी निर्वाचन हुने भएता पनि वस्तुगत सदस्यमा कृष्ण शर्मा, एशोसिएट सदस्य रोहित कुमार अग्रवाल, दिपक कुमार पौडेल, महिला सदस्यमा पल्लवी न्यौपाने, वाणिज्य महिला सदस्य यमकला न्यौपाने निर्विरोध निर्वाचित भएका थिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघमा २ हजार १ सय ६८ फर्म दर्ता थिए जसमध्ये वाणिज्य तर्फ १ हजार ६ सय ६५, उद्योग तर्फ ३ सय ७३ वस्तुगत तर्फ ८ र एशोसियट तर्फ १२२ फर्म दर्ता रहेका थिए । भने आर्थिक वर्ष २०७४/०७५ मा दर्ता भएका नयाँ फर्महरु समेत गरी हाल २ हजार २ सय बढी फर्म दर्ता भएपनि यस आर्थिक वर्षमा सदस्यता लिएका फर्महरुले निर्वाचनमा भाग लिन नपाउने व्यवस्था संघमा रहेको थियो ।