साना किसान बैंक १७ करोड मुनाफामा

साना किसान बैंक १७ करोड मुनाफामा


साना किसान विकास बैंक लि.ले आर्थिक वर्ष २०६४–७५ को अर्धवार्षिक अवधिमा रु १७ करोड १६ लाख मुनाफा गर्न सफल भएको छ ।

बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा रु १७ करोड १६ लाख मुनाफा गरेको र सो नाफा चालु आर्थिक वर्षको प्रक्षेपित नाफाको ५० प्रतिशतभन्दा बढी रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष २०७४–७५ को पुस मसान्तमा यस बैंकको कूल सम्पत्ति रु १७ अर्ब २५ करोड पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो रकम ३० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।