लमजुङको मालिङमा सिभिल बैंकको शाखा

लमजुङको मालिङमा सिभिल बैंकको शाखा


लमजुङको क्व्होलासोंथर गाउँपालिकाको मालिङ गाउँमा सिभिल बैंकले शाखा विस्तार गरेको छ ।

बैंकको ५७ औं शाखा क्व्होलासोंथर गाउँपालिका २, मालिङमा आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

सिभिल बैंकले शनिबारमात्रै दूधपोखरी गाउँपालिकाको गौंडामा सिभिल बैंकको ५६ औं शाखा स्थापना गरेको थियो । मालिङमा स्थापना गरिएको सिभिल बैंकको शाखा कार्यालय उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले हरेक नागरिकको बैंक खाता खोल्नुपर्ने आवश्यकताबारे जानकारी गराए ।

बैंकको उपस्थितिविना संघीय नेपालको स्थानीय तह समृद्ध हुन नसक्ने भन्दै बैंकको पहुँच स्थानीय तहसम्म पु¥याउन दुर्गम ठाउँमा पनि बैंकको शाखा पु¥याउने लक्ष्य लिएको बताए । विकट तथा ग्रामीण क्षेत्रमा बित्तिय पहुँच पु¥याउन हरेक स्थानीय तहमा कम्तीमा एउटा बैंक खोल्ने नीति राष्ट्रबैंकले लिएको उनले बताए ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक उन्नतिको लागि बैंकिङ सेवा अत्यावश्यक रहेको बताए । स्थानीय तहको विकट क्षेत्रमा सिभिल बैंकले आफ्नो सेवा विस्तार गर्न सकेको भन्दै उनले स्थानीयलाई स्थानीय तहसम्मै बैंकिङ सेवा दिनेक्रममा शाखा विस्तार गरिएको जनाकारी दिए ।

नेपाल राष्ट्र बैंकले हरेक स्थानीय तहमा बित्तीय पहुँच पु¥याउने निती अनुरुप सिभिल बैंकले हालसम्म कुनैपनि बैंकको पहुँच नपुगेको ठाउँमा शाखा विस्तार गर्न सफल भएको उनको भनाई छ ।

कार्यक्रममा क्व्होलासोंथर गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले हालसम्म बित्तीय पहुँच नपुगेको आफ्नो गाउँपालिकामा सिभिल बैंकले शाखा खोलेर सेवा विस्तार गरेकोमा खुसी ब्यक्त गरे ।

कार्यक्रममा क्व्होलासोंथर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङ, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीयले पञ्चकन्या र पञ्चेबाजासहित स्वागत गर्दै गाउँघरमै सिभिल बैंकले सेवा विस्तार गरेकोमा खुसी ब्यक्त गरेका थिए ।

खुसीयालीमा आमा समूह, युवाक्लव, बालबालिकाले साँस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा सिभिल बैंक मालिङ शाखाका शाखा प्रमुख आदित्य लोहनीले स्वागत मन्तब्य राखेका थिए ।

सिभिल बैंकको चालु आर्थिक वर्षको दोश्रो चौमासमा २१ करोड ६५ लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ३१ प्रतिशतको बृद्धि हो) खुद मुनाफा कमाउन सफल भएको छ । यस बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थपशाखा सहित बैंकको कूल शाखा संख्या ५९ पुग्ने बैंकले जनाएको छ ।