साढे ३६ लाख रुपैयाँ ठगेको भन्दै कलाकार रोमा न्योपाने प्रहरी नियन्त्रणमा

साढे ३६ लाख रुपैयाँ ठगेको भन्दै कलाकार रोमा न्योपाने प्रहरी नियन्त्रणमा


साढे ३६ लाख ठगेको भन्दै बहुचर्चित कलाकार रोमा न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एउटै खुट्टाको भरमा नाच्ने बहुचर्चित कलाकार न्यौपानेलाई ठगी अभियोगमा प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

उनलाई प्रहरीले १२ फागुनमा पक्राउ गरे पनि महानगरीय प्रहरी वृत्त दरबारमार्ग र लैनचौर वृत्तले मुद्दाको गम्भीरता बुझ्दै नबुझी उनलाई त्यसै छोडिदिएको थियो । वृत्तको गल्ती सच्याउँदै प्रहरी परिसर काठमाडौंले १३ फागुनमा न्यौपानेलाई पुनः पक्राउ गर्न काठमाडौंका सबै वृत्तमा सर्कुलर गरेपछि उनलाई पक्राउ गरिएको हो ।

भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर त्यसैमार्फत भीएडी नेपाल लघुवित्त कार्यक्रम नामको सहकारी अनुमतिबिना चलाई लाखौं रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ ।

रोमा र उनका पति पोखरेलमाथि २०७२ साउन २९ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । सोही मुद्दामा उनका पति चिरञ्जीवी पोखरेल भने नख्खु करागारमा रहेका छन् । न्यौपानेविरुद्ध कोहीनूर बस्नेत, ससैना रञ्जितकार र धनेश्वरी रञ्जितकारले साढे ३६ लाख रुपैयाँ ठगी गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको बुझिएको छ ।

सोही मुद्दामा अदालतले २०७३ पुस २६ गते चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो भने रोमा भने अदालतको म्याद तामेल नगरी बसेकी थिइन् । अदालतमा बयानका लागि उपस्थित नभइ न्यौपाने फरार अवस्थामा थिइन् ।