लोकप्रिय गायक राजेश सिड्नीमा गुञ्जिँदै

लोकप्रिय गायक राजेश सिड्नीमा गुञ्जिँदै


राजन घिमिरे, अष्ट्रोलिया सिड्नी

नेपाली गीत संगीत क्षेत्रका हस्ती लोकप्रिय गायक राजेश पायल राई सिड्नीमा गुन्जने भएका छन् । राजवंशी समाज अष्ट्रेलियाले आयोजना गर्न लागेको कार्यक्रममा गायक राजेश पायलले आफ्ना हिट नम्बरहरू पस्कने भएका छन् ।

सो कार्यक्रममा अष्ट्रेलिया रहेका अन्य चर्चित आवाजहरू बादल प्रसाई, राज के. गोस्वामी र दिल तामाङको प्रस्तुतिहरू समेत समेटिने बताइएको छ। एन्जल होम लोन्सको टाइटल स्पन्सर रहेको कार्यक्रम मार्च १७ तारेखका दिन हर्सभिलको अडिटोरियम हलमा हुने छ ।

‘सबैका प्रिय कलाकारको कार्यक्रममा सहभागिता जनाउन पाउनु हाम्रो लागि पनि राम्रै कुरा हो’, एन्जल होम लोन्सका सन्चालक दिनेश पोखरेलको भनाई छ। पोखरेल अष्ट्रेलियाबाटै चलचित्र निमार्णलाई निरन्तरता दिंदै आएका चलचित्रकर्मी हुन् ।

साँझ ६ बजे शुरू हुने यो कार्यक्रममा प्रस्तुती दिन आफू निकै आतुर रहेको जानकारी नेपालबाट गायक राजेश पायल राईले गराएका छन् । ‘सिड्नीमा हुने यस कार्यक्रममा सहभागी भैदिनका लागि म सबै नेपालीजनलाई अनुरोध गर्दछु,’ उनले भने । चलचित्रका गीत हुन् या आधुनिक, सबैमा पोख्त गायक राई यतिबेलाका सबैभन्दा बढी मन पराइएका गायकमा पर्दछन् ।