कसरी तह लगाउने ?-वयोवृद्ध वामदेव पण्डित

कसरी तह लगाउने ?-वयोवृद्ध वामदेव पण्डित


कता को के कुरा लेखूँ बिचल्ली छ सबैतिर ।
समायोजनको काम लडाकुको छ अस्थिर ।।
अर्धसैनिकको जत्था कार्यकर्ता बनाउने ।
राजनीतिक संस्था ती कसरी तह लाउने ।।१।।

च्याउझैं अब जन्मे है अस्त्रधारी समूहको ।
औषधि कसरी गर्ने समस्या छ विचित्रको ।।
सत्य हो देशका मान्छे बोकाझैं मारिने भए ।
महँगी चर्किई मान्छे सारा दुब्लाउँदै गए ।।२।।

संविधान नबन्ने भई सारा रोग कहाँ कहौ ।
आधार छैन कि कोही झोक्रिई घोरिई रहौ ।।
नझोक्रिई पुगौँ हामी वनकाली क्षेत्रमा अब ।
उपाय अरू देखिन्न गाँठी एक छ वास्तव ।।३।।

महायज्ञ गरी पूर्ण काली बाबा प्रसन्न भई ।
बसेको तिरमा जाऊँ हात जोडेर खिन्न भई ।।
कुबुद्धिका प्रवृद्धि र नेपाली जनता सब ।
सुमार्गतिरमा लागे आँखा खुल्नेछ है अब ।।४।।

भक्तमाथि दया गर्ने उच्च साधु महासय ।
यही आशीष बक्स्योस् कालिदास महोदय ।।
एक शक्तितिरै मात्र थाप्ने आशीष पद्धति ।
नहुँदा अनि जाऊँ है सम्झेर पशुका पति ।।५।।

बिन्ती गरौँ महादेव आराध्य देव हे हर ।
हे शङ्कर सबै हाम्रा उल्कापात सबै हर ।।
कालिदास बडा बाबा काली नाथ महेश्वर ।
पशुपति खुसी होऊ कृपा गर निरन्तर ।।६।।

अद्भूत शक्ति अदृश्य अनन्त लोक नायक ।
हटाउन कडा कष्ट हाम्रो बन सहायक ।।