उमेर समूहमा पनि प्रश्नचिह्न-श्रीविक्रम भण्डारी

उमेर समूहमा पनि प्रश्नचिह्न-श्रीविक्रम भण्डारी


हालै थाइल्यान्डमा सम्पन्न भएको एसीसी यू- १९ इलाइट कप क्रिकेट प्रतियोगितामा नेपाल पुन: उपाधि चुम्नबाट वञ्चित भएको छ । प्रतियोगिताका लिग चरणका खेलहरूमा अपराजित रहेर फाइनलमा प्रवेश गरेको नेपालले पाँचौँपटक उपाधि जित्ने विश्वास गरिए पनि खेलाडीहरूको फितलो खेलका कारणले नेपाल पराजित भएको थियो । फाइनल यात्रा तय गर्ने क्रममा कीर्तिमानी विजय हासिल गरेको नेपालले महत्त्वपूर्ण समयमा खुट्टा कमाउँदा विजयबाट विमुख हुनुपरेको हो । नेपाली टोलीका प्रशिक्षक जगत टमटाले आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताउँदै फाइनल खेलमा ब्याट्सम्यान नचल्नु पराजयको कारण भएको बताए । प्रशिक्षक टमटाले नेपाली टोलीको बचाउ गर्दै कप्तान पृथु बास्कोटा घाइते हुनुले पनि फाइनलमा धेरै प्रभाव परेको बताउँदै उनको अनुपस्थितिले नेपालले ठूलो मूल्य चुकाउनुपरेको खुलासा गरेका थिए ।
नेपालले फाइनलमा भोगेको पराजयसँगै अहिले उमेर समूहमा पनि नेपालको सफलतामाथि प्रश्नचिह्न लागेको छ । विगतका वर्षहरूमा उमेर समूहका प्रतियोगिताहरूमा एकछत्र राज गर्दै आएको नेपालका लागि भविष्यका दिन निकै चुनौतीपूर्ण देखिएका छन् । नेपालको कमजोर प्रदर्शन र अन्य मुलुकहरूको सुधारिएको प्रदर्शनले गर्दा आगामी दिन नेपालका लागि निकै कठिन हुने यो प्रतियोगिताबाट सावित भएको छ । अझ अफगानिस्तानको उपस्थितिले त नेपालको विजयलाई तगारो नै लगाइदिएको छ । पहिले उमेर समूहका प्रतियोगितालाई खासै महत्त्व नदिने मुलुकहरूले अहिले चासो दिनु र नेपालले यसतर्फखासै चासो नदिनुले पनि उमेर समूह अहिले नेपालका लागि चिन्ताको विषय बनेको छ । नेपालको एक मात्र आशाको केन्द्र रहेको उमेर समूहमा पनि नेपालको यस्तै प्रदर्शन रहने हो भने नेपालको क्रिकेटको भविष्यमा प्रश्नचिह्न नलाग्ला भन्न सकिँदैन ।
यसपटक नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा उत्कृष्ट प्रदर्शन गरेको थियो । र पनि सफलता हासिल गर्न सकेन । कारण थियो, आत्मविश्वासको कमी । जब फाइनलमा अफगानिस्तानले २ सय रन बनायो तब नेपाली टिमले आत्मविश्वास गुमाएको थियो । १ सय ७५ रनसम्मका लक्ष्यहरूलाई सहजै पार गर्दै आएका नेपाली टोलीले दुई सय रनको भूतदेखि निकै डराएका थिए । परिणाम नेपालका चार विकेट ३१ रनमै झरेका थिए । सुरुमा विकेट झर्नु नेपाली खेलाडीको दर्ुभाग्य मात्रै नभएर आत्मविश्वासको कमजोरी पनि हो । यसपटक यही कमजोरीको सिकार बनेको नेपाली टोली बनेको हो भन्दा फरक नपर्ला । क्रिकेट टिम गेम भएको र प्रत्येकको आफ्नो जिम्मेवारी हुन्छ भन्ने जान्दाजान्दै नेपाली खेलाडीले महत्त्वपूर्ण समयमा जुन प्रदर्शन गरे त्यो अहिले निकै चिन्ताको विषय बनेको छ ।
उमेर समूहमा नेपाल मात्रै त्यस्तो देश हो जहाँबाट नेपाली खेलाडीले मात्र खेल्छन् । यसको अर्थ नेपालबाट विदेशी खेलाडीलाई खेलाउनुपर्छ भन्ने पक्कै होइन । यहाँ भन्न खोजिएको र उठाउन खोजिएको कुरा के हो भने नेपालबाहेक अन्य मुलुकका टिममा विदेशी खेलाडीको बाहुल्य छ । भारत र पाकिस्तानका खेलाडीहरूले अन्य मुलुकका टिमहरू भरिएका छन् । जुन नेपालका लागि दोहोरो चुनौती बनेको छ । अफगानिस्तान पूरै पाकिस्तानका खेलाडीहरूले भरिएको छ भने अन्य टिमहरूमा भारतीय खेलाडीको बाहुल्य रहेको छ । यसरी अहिले नेपाली टिमको बारेमा विश्लेषण गर्दा नेपाल दुई ढुङ्गाको तरुलजस्तै बन्न पुगेको छ । यस्तो अवस्थामा आउँदा वर्षमा नेपालको रणनीति कस्तो हुनुपर्छ त्यसबारेमा कसैले सोचेको छैन । सो मुद्दामा क्रिकेटका एक पदाधिकारीले नेपाली क्रिकेटलाई ६ समूहमा विभाजन गरेर मात्रै केही नहुने बताउँदै त्यसका लागि स्तरीय प्रशिक्षणको व्यवस्था गर्न सल्लाह दिएका छन् । नेपाली क्रिकेटको दूरगामी योजना नभएको र झारा टार्ने हिसाबले मात्रै कार्य भइरहेको खुलासा गर्दै यस्तै अवस्था रहे भविष्यमा नेपालको उमेर समूहमा पनि हरिविजोग हुने बताए ।
नेेपाल क्रिकेट सङ्घ ?क्यान) को अदूरदरि्शताका कारणले सिनियर क्रिकेट अहिले निकै पछि परिसकेको छ । हिजोसम्म नेपाली टिमका अगाडि मुसो सावित हुने टिमहरू अहिले नेपालका अगाडि बाघ बनिसकेको कहीँबाट छिपेको छैन । मलेसिया, हङकङ, सिङ्गापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्सले क्रिकेटमा गरेको लगानीले अहिले ती देशहरूले क्रिकेटमा ठूलो फड्को मारिसकेका छन् । त्यहाँ विश्वस्तरीय खेलको आयोजना हुन्छ भने विश्वका चर्चित देशका खेलाडीहरू त्यहाँ खेल्न आउँछन् । तर, नेपाल न्युट्रल भेनुका लागि ती देशभन्दा हरेक दृष्टिकोणबाट उपयुक्त हुँदाहुँदै पनि किन यसबारेमा सोचेको छैन त्यो विडम्बनाको विषय बनेको छ । विश्वकप खेल्ने सपना देख्ने नेपालका लागि यो प्रशिक्षण र लगानीले कहिल्यै माथि नउठाउने भएकोले यसको बारेमा समयमै नसोचे नेपाल भोलि क्रिकेट खेल्ने राष्ट्रको रूपमा मात्र गणना हुने कुरामा दुईमत नहोला ।
व्यावसायिक रूपमा क्रिकेट खेल्न विदेशीे खेलाडीबाट अन्य मुलुकका टोली सजिँदा नेपालका खेलाडीहरूबाट कुनैै पनि परिणामको आशा गर्नु मूर्खता मात्रै हुनेछ । कुनै पनि रूपमा तुलना गर्न नसकिने टोलीसँग नेपालले प्रतिस्पर्धा गरे पनि त्यो खालि प्रतिस्पर्धा मात्रै सावित हुनेछ । नेपाली क्रिकेटको आधार अहिले यसै ठाउँमा आएर उभिएको छ । आफ्नो धरातलबमोजिम हिजो पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आएका र अहिले पनि गरिरहेको अवस्था भए पनि त्यो वर्तमान अवस्थाका लागि सन्तोषजनक देखिँदैन । नेपाली टिमलाई सफलता दिलाउन स्वयम् क्यानले योजनाबद्ध तरिकाले अगाडि बढ्नुपर्ने प्रस्ट रूपमा देखिएको छ । उमेर समूहको खेलले सफलता र असफलतामा त्यति धेरै अर्थ नराख्ने भए पनि सिनियरतर्फ प्रदर्शनप्रति क्यान गम्भीर हुनु जरुरी भइसकेको छ । विगतका वर्षमा नेपाली टोलीको प्रदर्शनलाई आत्मसात् गर्ने हो भने अहिले नेपालले विश्वकप खेलिसक्नुपर्ने थियो । तर, विडम्बना, नेपालको अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा यस्तै दयनीय प्रदर्शन रहने हो भने नेपालले विश्वकप खेल्ने सपना नदेखेमै बेस होला । घरभित्र क्रिकेट खेल्नका लागि कुनै माहोल नै छैन भने खेलाडीबाट ठूलो आशा गर्न कदापी सुहाउँदैन । यदि अन्तर्राष्ट्रिय परिस्थितिलाई क्यानले समयमै आत्मसात् गर्न सकेन भने भोलि नेपालको क्रिकेट पनि कुवाको भ्यागुतोमा नै सीमित नहोला भन्न सकिँदैन । तसर्थ समयको बलवानता र क्रिकेट खेलाडीको भविष्यलाई ध्यानमा राखेर अहिल्यैदेखि क्यान लागेन भने त्यो भविष्यमा निकै पीडादायक बन्ने कुरामा दुईमत छैन ।

दसौं विश्वकप क्रिकेट
उपाधिका लागि भिडन्त सुरु
विश्वकप क्रिकेटको दसौं संस्करण भारतीय उपमहाद्वीपमा फेब्रुअरी १९ अर्थात् फागुन ७ गतेदेखि सञ्चालन हुँदै छ । यो विश्वकप भारत, श्रीलंका र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दै छन् । फागुन ७ देखि चैत १९ गतेसम्म सञ्चालन हुने यो विश्वकपमा विश्वका उत्कृष्ट १४ वटा राष्ट्रका टोलीहरूको सहभागिता रहनेछ । विश्वकपको पहिलो खेल भारत र बंगलादेशबीच हुनेछ ।
दुई समूहमा विभाजन गरेर खेलाइने यो प्रतियोगिताको समूह ‘ए’मा अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तना, श्रीलंका, जिम्बाबे, क्यानडा र केन्या रहेका छन् । त्यस्तै समूह ‘बी’मा भारत, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफि्रका, वेष्टइण्डिज, आयरल्यान्ड र नेदरल्यान्ड परेका छन् । लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्ने आठवटा टिमहरू क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । राउन्ड रोविनको आधारमा खेलाइने क्वाटरफाइनलका खेलहरूमा आफ्नो समूहमा उत्कृष्ट चार टिमहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनल समूह ‘ए×’को विजेता र समूह ‘बी’को उपविजेताका बीच हुनेछ । त्यस्तै अर्को सेमिफाइनल समूह ‘बी’को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ । यसरी दुवै समूहका विजेताबीच फाइनल प्रतिस्पर्धा हुनेछ ।
१४ टिमले प्रतिस्पर्धा गरेेको यो विश्वकपमा ४९ वटा खेल हुनेछन् । जसलाई आयोजना गर्न ४३ दिन लाग्नेछ । यो विश्वकपको उद्घाटन दुई दिनअगाडि फेब्रुअरी १७ अर्थात् फागुन ५ गते हुने कार्यक्रम रहेको छ । बंगलादेशको राजधानी ढाकामा हुने उद्घाटन समारोहमा भारतीय सङ्गीतकर्मीसँगै रक स्टार ब्रायन एडम्सले पनि प्रस्तुति गर्ने भएका छन् । ब्रायनले आफ्नो सङ्गीत उद्घाटन समारोहमा प्रस्तुत गर्ने भएपछि कार्यक्रमको रौनकमा चारचाँद लाग्ने विश्वास गरिएको छ ।
वर्तमान अवस्थामा चर्चाको शिखरमा पुगेको दसौं विश्वकपमा कसले विजय हासिल गर्ला- अहिले त्यसबारेमा विभिन्न अड्कल र अनुमान गरिन थालिएका छन् । यो विश्वकपमा १४ राष्ट्रले आफ्नो दाबेदारी प्रस्तुत गर्ने भए पनि क्रिकेटका विज्ञहरूले प्रमुख दाबेदारको रूपमा आयोजक भारत, अस्ट्रेलिया, दक्षिण अफि्रका र श्रीलंकालाई अघि सारेका छन् । गत वर्ष यी राष्ट्रहरूले एकदिवसीय क्रिकेटमा स्वदेश र विदेशमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा यस्तो अड्कल काटिएको हो । र पनि क्रिकेट अनिश्चितताको खेल भएकोले ठोकुवा गरेर केही भन्न सकिँदैन । विगतका विश्वकपको इतिहास पल्टाउँदा उदीयमान राष्ट्रहरूले क्रिकेटका शक्तिराष्ट्रहरूलाई पछारेर सनसनी फैलाएको कसैले बिर्सिएको छैन । तसर्थ अनुमान र अड्कलको आधारमा अहिलेको विश्वकप अगाडि बढ्ने पक्का भएको छ ।
क्रिकेटका विज्ञ र विश्लेषकहरूले यो विश्वकपको भावी विजेताको बारेमा ठोकुवाका साथ भन्न नसके पनि उनीहरूले आयोजक राष्ट्र भारतलाई प्रबल दाबेदार भएको पुष्टि गरेका छन् । आफ्नो भूमिमा सधैं बाघ बन्दै आएको भारतले यसपटक विश्वकप जित्ने सम्भावना अन्य टोलीको भन्दा बढी भएको उनीहरूले दाबी गरेका छन् । भारतीय भूमि र अपार दर्शकको समर्थन भारतका लागि सकारात्मक भएकोले भारत विज्ञहरूको विश्लेषणमा अग्रपङ्तिमा रहेको छ । अझ यसपटकको भारतीय टोली निकै सन्तुलित टिम भएकोले विश्वकप जित्ने प्रबल सम्भावना रहेको उनीहरूले बताएका छन् । भारतीय टिमका प्रत्येक खेलाडी म्याच विनर भएकाले पनि यसपटक भारत प्रमुख दाबेदारमा गनिएको हो ।
भारतसँगै दसौं विश्वकपको प्रमुख दाबेदारमा दक्षिण अफि्रका र अस्ट्रेलियालाई राखिएको छ । दक्षिण अफि्रकाको उत्कृष्ट प्रदर्शनले स्वदेश र विदेशमा पाएको सफलतालाई प्रमुख कारण बनाइएको छ । त्यस्तै अस्ट्रेलियाको क्रिकेट केही वर्षदेखि ओरालो लागेको कारणले उसलाई सशक्त टोलीका रूपमा नहेरिए पनि चारपटकसम्म विश्वकपको उपाधि उचालिसकेको अस्ट्रेलियालाई कसैले पनि कमजोर आँकेका छैनन् । उनीहरूको विश्वकपको अनुभवले अस्ट्रेलियालाई पनि दाबेदारमा राखिएको हो । यसका अलावा विश्वकपमा जहिले पनि छुपेरुस्तमको भूमिका निभाउँदै आएको श्रीलंकालाई दाबेदारको रूपमा राखिएको छ । हेरौँ विज्ञहरूको अड्कल र अनुमान कति सफल हुन्छ ?

चर्चामा फाइभ ए साइड फुटबल
क्लब मोसेस एन्ड फिटनेस सेन्टरको आयोजनामा यही माघ २९ गतेदेखि फाइभ ए साइड फुटबल प्रतियोगिता सञ्चालन भएको छ । आउँदो शनिबारसम्म चल्ने उक्त फुटबल प्रतियोगितामा १३ वटा फुटबल टिमले सहभागिता जनाएका छन् । सहभागिता जनाउने टिममा बुद्ध एयर, फास्ट टु फास्ट ग्रुप, इमेज च्यानल, तर्राई टेलिभिजन, स्नोलियोपार्ट, सोट्टो नेपाल, एसएनकेसी रातो र सेतो, तामाङ गुम्बा, ध्वनि सहकारी संस्था लिमिटेड र बौद्ध क्षेत्र विकास कोष रहेका छन् । प्रतियोगितामा ३० वर्षमाथि उमेर भएका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था मिलाइएको छ । उक्त प्रतियोगिता विश्व फुटबल महासङ्घ ?फिफा) को नियमअनुसार खेलाइने आयोजक समितिका अध्यक्ष रमेश लामाले बताएका छन् ।
स्पाइनल कर्ड इन्ज्योरी एसोसिएसनको आर्थिक सहयोगार्थ सञ्चालित उक्त फुटबल प्रतियोगिता गर्नुको उद्देश्य ‘स्वस्थ रहनका लागि खेलकुद’ भन्ने नारालाई आत्मसात् गर्दै सामाजिक कार्यमा समेत ऐक्यबद्धता जनाउनु रहेको छ । कुल चार लाख खर्च लाग्ने यो प्रतियोगितामा विजयी टिमलाई ट्रफीसहित ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिनेछ । त्यस्तै, म्यान अफ दि सिरिजलाई बुद्ध एयरको प्रायोजनमा माउन्टेन फ्लाइट र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई प्रायोजकका तर्फाट क्लब मोसेजमा एक महिनाको स्विमिङको सदस्य बनाइनेछ । आयोजक कमिटीका अध्यक्ष लामाले क्लब मोसेसले विभिन्न सामाजिक कार्यमा अघि बढ्ने क्रममा योभन्दा अघि पनि स्पाइनल कर्ड इन्ज्योरी भएकाहरूको पहिलो राष्ट्रिय प्रतियोगिता क्लबले गरिसकेको जानकारी गराएका थिए ।
उक्त समारोहमा स्पाइनल कर्ड इन्ज्योरी एसोसिएसनका अध्यक्ष किशोरबहादुर शाहीले क्लब मोसेसले आफूहरूमाथि ठूलो गुन लगाएको बताउँदै सबैको सहयोग पाएमा देशका लागि केही गर्न सक्ने बताए । स्मरण रहोस्, शाही धनगढीको मसुरियामा भएको माओवादीसँगको भिडन्तमा दुई गोली लागेर घाइते भएका थिए । उनलाई एउटा गोली मेरुदण्डको नसामा लागेको थियो भने दोस्रो गोली कोखामा लागेर वारपार भएको थियो । मेरुदण्डको नसामा लागेको गोलीले ८५ प्रतिशत शरीर चलाउन नसक्ने शाहीको छातीभन्दा तलका अङ्गहरूले कुनै काम गर्दैनन् । शाही जनपद प्रहरीमा अहिले पनि सहायक इन्स्पेक्टर पदमा कार्यरत छन् ।

नेपालमा साफ साइक्लिङ
पर्यटन वर्ष २०११ लाई दृष्टिगत गर्दै नेपाल साइक्लिङ सङ्घले आगामी नोभेम्बरमा दक्षिण एसियाली साइक्लिङ प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेपालमा खेल पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै सङ्घका अध्यक्ष छिमी उर्गेन गुरुङले यो प्रतियोगिताले विदेशीहरूलाई पनि आकरि्षत गर्ने बताए । गुरुङले हरेक वर्ष हुने गरी साइक्लिङका तीन प्रतिस्पर्धा सुरु गरिसकेको र त्यसको पहिलो स्पर्धा जनवरीमा बूढानीलकण्ठमा सम्पन्न भएको बताउँदै दोस्रो स्पर्धा आगामी फेब्रुअरी २० तारिखदेखि सञ्चालन हुने बताए । उक्त प्रतियोगितामा सात विदेशी खेलाडीसहित २५ जनाको सहभागिता रहने बताए ।

राष्ट्रिय फुटबल लिगको तयारी
गत साता अखिल नेपाल फुटबल सङ्घ एन्फाको वारि्षक साधारणसभाले जिल्लादेखि राष्ट्रिय लिग गर्ने निर्णय गरेको छ । एन्फामा आबद्ध ४० जिल्लाको वर्गीकरणको जिम्मा पाएका अध्यक्ष थापाले जिल्लाका अध्यक्षसँग छलफल गरी वर्गीकरण गर्ने थाहा भएको छ । ४० जिल्लालाई ए, बी, र सी डिभिजनमा विभाजित गरेर लिग सञ्चालन गर्ने महत्त्वाकाङ्क्षी निर्णय गरिसकेको एन्फाले त्यसलाई वास्तविकतामा उतार्न आर्थिक वर्षका लागि आठ करोड रुपैयाँको बजेटसमेत पास गरेको छ । एन्फाको प्रस्तावित जिल्लाको ‘ए’ श्रेणीमा मोरङ, सुनसरी, झापा, चितवन, मकवानपुर, पर्सा, कास्की, रूपन्देही, बाँके र कैलाली रहेका छन् । त्यस्तै ‘बी’ डिभिजनमा धनकुटा, सिराहा, सिन्धुपालचोक, इलाम, रौतहट, काभ्रेपलाञ्चोक, धनुषा, नवलपरासी, तनहुँ, कञ्चनपुर, सर्ुर्खेत र स्याङ्जा रहेका छन् भने ‘सी डिभिजनमा पाँचथर, र्सलाही, बारा, सप्तरी, बाग्लुङ, महोत्तरी, नुवाकोट, धादिङ, बर्दिया, दोलखा, दाङ, गोरखा, लमजुङ, पाल्पा र उदयपुर रहेका छन् । यी क्षेत्रीय लिगबाट उत्कृष्ट ठहरिएका दुई टोलीले आगामी वैशाख २ बाट काठमाडौंमा आयोजना हुने ‘ए’ डिभिजनको लिगमा प्रतिस्पर्धा गर्न पाउने छन् । ‘ए’ डिभिजन लिगमा शीर्ष दस टोलीको सहभागिता रहनेछ ।