बालुवाटारमा प्रम ओलीको ६७ औँ जन्मोत्सव

बालुवाटारमा प्रम ओलीको ६७ औँ जन्मोत्सव


प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको ६७ औँ जन्मदिन आज प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको छ ।

पार्टीका नेता, मन्त्रीगण, राजदूतका साथै परिवारका सदस्य, कार्यकर्ता र शुभेच्छुकको उपस्थितिमा केक काटेर प्रधानमन्त्री ओलीको जन्मदिन मनाइएको थियो ।

विसं २००८ फागुन ११ मा तेह्रथुममा जन्मनुभएका ओलीलाई नयाँ सरकारको सफलताका साथ दीर्घायुको कामना गर्दै सांगीतिक प्रस्तुति दिइएको थियो ।