कडा सुरक्षा छल्दै प्रधानमन्त्रीको पुत्ला दहन

कडा सुरक्षा छल्दै प्रधानमन्त्रीको पुत्ला दहन


पूर्वनिर्धारित एक कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज गुल्मी जाने जानकारी मिलेपछि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले प्रम ओलीको पुत्ला दहन गरेका छन् । प्रधानमन्त्रीको आगमनलाई मध्यनजर गर्दै गुल्मीको सदरमुकाम तम्घासमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिसहित कडा सुरक्षा व्यवस्था गरिएको भए पनि नेकपा गुल्मी जिल्ला कमिटीले पुत्ला दहन गरेका हुन् ।

सो पार्टीका गुल्मी जिल्ला ईञ्चार्ज धिरज राना, सेक्रेटरी खिम खड्का लगायतका नेता र कार्यकर्ताहरुले आज दिउँसो तम्घासको अर्घाखाँची जिपपार्कमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

नेकपा गुल्मी जिल्ला कमिटीले प्रधानमन्त्रीको पुत्ला जलाइने भनी हिजो नै निर्णय गरेको र सो सार्वजनिक भएर पनि आज प्रम ओलीको पुत्ला जल्नुलाई नेकपाको सफलता ठानिएको छ ।