महिला राष्ट्रिय क्रिकेट : मध्यमाञ्चल र एपीएफ सेमीफाइनलमा

महिला राष्ट्रिय क्रिकेट : मध्यमाञ्चल र एपीएफ सेमीफाइनलमा


धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टीम एफिएफ र मध्यमाञ्चल सेमिफाइनलमा पुगेका छन् । फागुन ११ गते भएका खेलमा जित हात पार्दै दुवै टीम अन्तिम चारमा पुगेका हुन् । त्यस्तै पश्चिमाञ्चल दुवै खेलमा हार व्यहोरेर प्रतियोगिताबाट बाहिरिएको छ । घरेलु टोली सुदुरपश्चिम एक खेलमा जित हात पार्दै सेमिफाइनल पुगेको छ ।

पहिलो खेलमा समुह ‘ए’ मा रहेको मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले पराजित गर्दै अन्तिम चारको यात्रातय गरेको हो । टस हारेर व्याटिङको निम्तो पाएको मध्यमाञ्चलले २० ओरभमा ४ विकेटको क्षतिमा १ सय १३ रन बनाएको थियो । मध्यमाञ्चलका लागि सिता श्रेष्ठले ४५ बलमा ४९, कञ्चन श्रेष्ठले २४ र रोशनी बोहराले १० रनको योगदान दिएकि थिइन् । २० रनमै २ विकेट गुमाएर धरमराएको मध्यमाञ्चलको पारीलाई कञ्चन र सिताको ८२ रनको साझेदारीले सम्हालेको थियो ।

१ सय १४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको पश्चिमाञ्चलले २० ओरभरमा ७ विकेट गुमाउदै ६९ रन सिमित भएको थियो । पश्चिमाञ्चलका लागि नितु भण्डारीले १० र बर्षा रानाले ८ रन मात्रै बनाएका थिए । पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा अश्वीनी कर्माचार्य र आरती विराडीले समान २÷२ विकेट लिएका थिए । नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सिता श्रेष्ठ लाई घोषणा गरिएको थियो ।

पश्चिमाञ्चलले लगातार दोश्रो हार व्यहोरेपछि प्रतियोगीताबाट बाहीरीएको छ भने सोही समुहमा रहेको घरेलु टोली सुदुरपश्चिम लिगको एक खेल बाँकी रहँदै उद्धघाटन खेलमा पाएको जिले सेमीफाईनलमा पुगेको छ । समुह विजेताका लागि अव सुदुरपश्चिमाञ्चल र मध्यमाञ्चलले भोली प्रतिस्पर्धा गर्नेछन ।

दोश्रो खेलमा समुह ‘वि’ मा रहेको एपीएफले पुर्वाञ्चललाई ४ विकेटले पराजीत गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो । टस जितेर व्याटीङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै ६४ रन बनाएको थियो । पुर्वाञ्चलका लागि कप्तान रुवीना क्षेत्रीले २७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् । क्षेत्री पहिलो पारीको अन्तिम बलमा स्टम्पीङ आउट भएकि थिइन् । एपीएफकी सोनु खड्काले २ विकेट लिईन् ।

६५ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको विभागीय टोली एपीएफले निकै खराव सुरुवातका गरेपनि ४ विकेटले जित हासिल गरेको थियो ।

एपिएफले १५ दशमलव ५ ओभरमा ६ विकेट क्षतिमा उक्त लक्ष्य भेट्टाएको थियो । पुर्वाञ्चलकि कप्तान क्षेत्रीको कसिलो बलिङका अगाडी एपीएफको पारी धरमराएको थियो । ७ रनमै ५ विकेट गुमाएको एपीएफको पारी करुणा भण्डारी र ममता चौधरीले छैठौ विकेटका लागि २२ रनको साझेदारी गर्दै सम्हालेका थिए ।
सातौ विकेटका लागि भण्डारीसंग ईन्दु बर्माले ३७ रनको साझेदारी गर्दै एपीएफले जित दर्ता गर्न सफल भएको हो । भण्डारी, चौधरी र बर्माले समान १६÷१६ रनको योगदान दिएका थिए । पुर्वाञ्चलकि रुवीना क्षेत्रीले ३ विकेट लिए पनि आफ्नो टिमलाई जिताउन सकिनन् । खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच एपीएफकी करुणा भण्डारी भईन् ।

प्रतियोगीता अन्तर्गत फागुन ११ गते शुक्रवार पहिलो खेल पुर्वाञ्चल र मध्यपश्मिाञ्चल, र दोश्रो खेल सुदुरपश्चिम र मध्यमाञ्चल विच हुने छ । पुर्वाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको खेलमा विजयी हुनेले सेमीफाईनलमा स्थान सुरक्षित बनाउने छ । प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

– सीताराम ओझा, धनगढी

तस्बिर : नेपाल खेलकुद पत्रकार मञ्च