‘जनसंख्या तथा वातावरण’ बाट लालबाबु एकसातामै विस्थापित !

‘जनसंख्या तथा वातावरण’ बाट लालबाबु एकसातामै विस्थापित !


वातावरण मन्त्रालयको जिम्मेवारीबाट लालबाबु पण्डित एकसातामै बिदा हुनुपर्ने परिस्थिति सिर्जना भएको छ ।

एमाले–माओवादीबीच भएको मन्त्रालय भागबण्डामा वातावरण मन्त्रालय माओवादीको पोल्टामा परेपछि मन्त्री पण्डित सो मन्त्रालयबाट विदा हुनुपर्ने भएको हो ।

प्रशासन सुधार आयोगले दिएको सुझावका आधारमा सरकारले शुक्रवार मन्त्रालयको संख्या घटाएको थियो । सरकारले मन्त्रालयको संख्या घटाएसँगै लालबाबुले सम्हालेको मन्त्रालय विभाजित बनेका र ‘जनसंख्या’ स्वास्थ्य मन्त्रालयमा र ‘वातावरण’ वन मन्त्रालयमा गाभिएको छ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीवार भएको सहमतिअनुसार स्वास्थ्य तथा जनसंख्या एमालेको भागमा परेको छ भने वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा परेको छ । वातावरण मन्त्रालयको जिम्मा पाएसँगै लालबाबुले एक हप्तामै केही सुधारका काम थालिसकेका थिए ।