मन्त्री छान्ने जिम्मा ओलीलाई दिने एमाले स्थायी समितिको निर्णय

मन्त्री छान्ने जिम्मा ओलीलाई दिने एमाले स्थायी समितिको निर्णय


एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेले मन्त्री छान्ने जिम्मेवारी दिएको छ । शुक्रवार बसेको एमाले स्थायी कमिटीको बैठकले भुगोलको सन्तुलन, पार्टीभित्र नेताहरुको योगदान, योग्यता र क्षमतालाई ध्यानदिँदै मन्त्रीहरुको नियुक्ति गर्न अध्यक्षलाई जिम्मा दिएको हो ।

बैठकमा ओलीले माओवादीसहित संघीय समाजवादी र राजपा नेपालसँग छलफल गरेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बताएका थिए । यस्तै आजको एमाले स्थायी समिति बैठकले माओवादी केन्द्रसँग एकताका लागि भएको सात बुँदे सहमतिलाई अनुमोदन गरेको छ ।

बैठकले माओवादी केन्द्रसँग एकता प्रकृया अगाडि बढेका बेला एमालेका विभिन्न जनवर्गिय संगठनहरुको पूर्वनिर्धारित अधिवेशन र सम्मेलन पार्टी एकताको संवेदनशीलतालाई ध्यान दिँदै स्थगन गर्ने निर्णय गरेको छ । तर आन्तरिक भेला, प्रशिक्षणको कार्यक्रमलाई भने निरन्तरता दिने निर्णय गरेको छ ।