विद्यार्थीसँग ८ लाख ठग्ने जिपिसी कन्सलटेन्सीका कर्मचारी प्रहरीको फन्दामा

विद्यार्थीसँग ८ लाख ठग्ने जिपिसी कन्सलटेन्सीका कर्मचारी प्रहरीको फन्दामा


विद्यार्थीसँगसँग ८ लाख ठग्ने एक युवक प्रहरीको फन्दामा परेका छन् । एमबीबीएसमा भर्ना गरेको नक्कली कागजपत्र देखाएर विद्यार्थीलाई ठगी गरेको भन्दै प्रहरीले ललितपुर धोविघाटका रमेश प्रसाद चौहानलाई पक्राउ गरेको हो ।

उनले भारतको बनारस हिन्दु बिश्वबिद्यालयमा एमबीबीएसमा भर्ना गरिदिने भन्दै एक बिद्यार्थीसँग ८ लाख रुपैयाँ लिएका थिए । भर्नाको नक्कली कागज देखाएर ठगी गरेको प्रहरीले जनाएको छ । अरुलाई पनि उनले ठगी गरेको हुनसक्ने आंशका गरिएको छ ।

महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका चौहान जिपिसी कन्सलटेन्सीका कर्मचारी हुन् । सो कन्सलटेन्सीका सञ्चालक अंकित गुप्ताको जाहेरीमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले ३५ देखि ४० लाखमा भर्ना गरिदिने भन्दै बिश्वासमा पारेर ठगी गरेका हुन् ।

भर्नाको नक्कली कागज देखाएर उनले ८ लाख लिएको र थप ३० लाख रुपैयाँ माग्ने क्रममा कन्सलटेन्सीका संचालकले थाहा पाएपछि प्रहरीमा उजुरी गरेर पक्राउ गराएका हुन् ।