दुर्घटनामा ३० जना घाइते

दुर्घटनामा ३० जना घाइते


पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवलमा आज भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १६०५ नं को बसको पंग्रा (टायर) पड्केर विपरित दिशाबाट आउदै गरेको युपी ८३ एटि ३९६६ नं को भारतीय ट्रकमा ठोकिँएपछि सो दुर्घटना भएको हो ।

घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र भूमहिको सामुदायिक अस्पतालमा उपचार भइरहेको सुनवल इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा अझै घाइते हुनसक्ने अनुमान प्रहरीकोे छ ।