राष्ट्रिय ऱ्याफ्टिङ तथा कायक स्लालम च्याम्पियनसिप हुने

राष्ट्रिय ऱ्याफ्टिङ तथा कायक स्लालम च्याम्पियनसिप हुने


नेपाल ऱ्याफ्टिङ तथा क्यानोइङ संघको आयोजनामा राष्ट्रिय ऱ्याफ्टिङ तथा कायक स्लालम च्याम्पियनसिप फागुण १३ देखि १५ गते सम्म हुने भएको छ ।

छैठौं पर्वतीय खेलकुद महोत्सव २०७४ अन्तरगत हुने प्रतियोगिता त्रिशुली नदीको फिस्लिङ्गमा आयोजना हुने आयोजकले जनाएका छन् ।

टिम इभेन्ट्सको रुपमा हुने ऱ्याफ्टिङ्गमा प्रथम हुने टिमलाई सन् २०१८ मा ब्राजिलमा आयोजना हुने विश्व ऱ्याफ्टिङ च्याम्पियनसिपको लागि छनोट गरिने छ ।

त्यस्तै कायक स्लालम के १ र सि १ मा पहिलो र दोश्रो हुने खेलाडीहरुलाई ईण्डोनेसियामा आयोजना हुने १८ औं एशियन गेमको लागि छनोट गरिने आयोजक संस्थाका अध्यक्ष मनबहादुर न्यौपानेले जानकारी गराए ।