सुशान्त बन्दै छन् गब्बर सिंह

सुशान्त बन्दै छन् गब्बर सिंह


टेलिभिजनको पर्दामा उत्कृष्ट अभिनयको छाप छोडेर बलिउडमा प्रवेश गरेका सुशान्त सिंह पछिल्लो समय बलिउडमा पनि चर्चित बन्दै गएका छन् । यतिबेला सुशान्त फिल्म ‘सोन चिडिया’मा निभाएको ‘गब्बर सिंह’ भूमिकाका कारणले चर्चामा आएका हुन् । ‘सोन चिडिया’ सन् १९७० को दशकको कथा ‘चम्बलको बिहन्डो’मा आधारित छ ।

यो फिल्मको पहिलो तस्बिर अहिले सार्वजनिक भएको छ । जसमा सुशान्त सिंह नयाँ गब्बर सिंहको भूमिकामा देखिएका छन् । उनी सोलेको गब्बर सिंह नभई सोन चिडियाको गब्बर सिंहको नौलो रूपमा देखिएका छन् । यो फिल्ममा सुशान्तसँगै मनोज बाजपेई र भूमि पेडणेकरले मुख्य भूमिका निभाएका छन् । त्यस्तै आशुतोष राणा र रणवीर शौरीले यो फिल्ममा अभिनय गरेका छन् । यो फिल्मको निर्देशन अभिषेक चोबेले गरेका छन् भने प्रोड्युसरको रूपमा रानी स्कुवाल रहेकी छिन् । ‘सोन चिडिया’मा सुशान्त डाँकाको भूमिकामा देखिनेछन् ।