तपाईंको यो साता (राशिफल, ९-१५फाल्गुन २०७४)

तपाईंको यो साता (राशिफल, ९-१५फाल्गुन २०७४)


मेष
घरमा अतिथीको आगमन हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । चिताएको कामले तीव्रता लिनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । सेयर कारोबारमा रुचि बढ्नेछ । अचल सम्पत्ति हात पर्नेछ । साताको अन्त्यमा विचार पु¥याएर निर्णय लिनु राम्रो हुनेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग आकासे नीलो वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष
आर्थिक क्षेत्रमा सङ्कट आउला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । साताको अन्त्य बाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । वाक्चतुर्याइँले सङ्कल्प सिद्घ हुनेछ । ठुला व्यक्तिले तपाइँको मेहनतको प्रसंसा गर्नेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आत्मबल बढाएर कार्य गरेमा असफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

कर्कट
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । साताको अन्त्य बाट भाग्यले विभिन्न अवसर जुराउनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग सिन्दुरे वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सिंह
अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । घर परिवारको समस्याले सताउनेछ । बिवाद एवं चिन्ता बढ्नेछ । साताको पूर्बाध बाट धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । माइलो यात्राको योग रहेको छ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग गाढा पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या
नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । आत्मिक सन्तुस्टि मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग गुलाबीे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला
आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ । तरल पदार्थकोे व्यापार बाट सफलता मिल्नेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तला वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक
रोकिएको धन हात पर्ला । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्तिको कारोवार हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा मनमा दुविधा उत्पन्न होला । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग सेतो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

धनु
छोटो दुरीको लाभदायक यात्रा रहला । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । रविवार बाट व्यापार व्यवसायमा मन्दी आउला । विचार पु¥याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग आकासे नीलो वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर
सौन्दर्यतामा धन खर्च हुनेछ । विचार पु¥याएर निर्णय लिनु राम्रो होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । सरकारी निकाएको भय रहला । साताको अन्त्य बाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विज्ञान प्रविधीको सहयोगले व्यवसाय फस्टाउनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । अधुरो कार्य पूरा हुनेछ । सेयर कारोबारमा पनि रुचि बढ्नेछ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व भगवतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन
नसोचेको ठाउँ बाट धन हात पर्नेछ । श्रमको उचित मुल्याकंन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक भइनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग गुलाबी वा रातो हो । शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीको दर्शन गरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।