‘कृपा’ले ग-यो स्रष्टाको सम्मान

‘कृपा’ले ग-यो स्रष्टाको सम्मान


सांगितिक क्षेत्रमा छोटो समयमा नै ठूलो फड्को मार्न सफल कृपा फाउन्डेशनको प्रथम वार्षिकोत्सव समारोह भव्यरुपमा सम्पन्न भएको छ ।

सो समारोहमा नेपाली सांगितिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका तीन अग्रज स्रष्टाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि, वरिष्ठ गायक प्रेम ध्वज प्रधानले पानसमा दिप प्रज्ज्वलन गरी औपचारिक रुपमा उक्त समारोहको उद्घाटन गरेका थिए ।

यसैबीच, सगरमाथा आरोहण गर्ने तयारीमा जुटिरहेको “प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८” लाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग प्रदान गरिएको थियो । सो अवसमारमा फाउन्डेसनले “प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८” लाई नगद ५ लाख हस्तान्तरण गरिएको थियो ।

अमेरिकामा मृगौलाको उपचार गराइरहेका वरिष्ठ गायक ओम विक्रम विष्टलाई कृपा रत्न सम्मान अवार्डबाट सम्मान गरी नगद रु ५१ हजार प्रदान गरिएको थियो । त्यस्तै सो अवसरमा वरिष्ठ कवि तथा गीतकार रत्न शम्शेर थापा र वरिष्ठ गायक योगेश्वर वैद्यलाई विशेष सम्मान गरिएको थियो ।

त्यस्तै कृपा फाउन्डेशनका अध्यक्ष शिव लामिछानेको ‘जय नेपाल’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो । साथै अध्यक्ष तथा सांगितिक क्षेत्रमा शिवाजका नाममा परिचित गायक तथा कृपा अन्प्लग्डका कलाकारहरुले सांगितिक प्रस्तुति दिएका थिए ।