पेनकेक सिलातमा पुन निर्विरोध निर्वाचित

पेनकेक सिलातमा पुन निर्विरोध निर्वाचित


नेपाल पेनकेक सिलात मार्सल आर्ट संघको प्रथम साधारणसभाले दिपेशकुमार पुनको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा करन विष्ट र गणेश कार्की, महासचिवमा दोर्जे लामा, सचिवमा रामचन्द्र सुवेदी तथा कोषाध्यक्षमा शोभा थापा रहेका छन् ।

ईन्द्रबहादुर कार्की, सुजन खतिवडा, श्याम अधिकारी, मनकुमारी मगर, रामचन्द्र कार्की, मोहनबहादुर मगर, सुमनसिंह बस्नेत, अपेक्षा पुन तथा सजिला बस्नेत सदस्यमा चयन भएका छन् । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले उद्घाटन गरेका थिए ।