प्रतिनिधिसभा निर्बाचन सकिएको ९० दिनपछि संघीय संसद अधिवेशन आह्वान

प्रतिनिधिसभा निर्बाचन सकिएको ९० दिनपछि संघीय संसद अधिवेशन आह्वान


यही फागुन २१ गते सोमबारका दिन संघीय संसद अधिवेशनको आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अधिवेशन प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको झण्डै ९० दिनपछि बोलाएकी हुन् । अधिबेशन ४ बजेदेखि शुरु हुनेछ ।

राष्ट्रपति कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सोको बारेमा जानकारी गराएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आहृवान गर्ने संवैधानिक व्यवस्था छ ।

कार्यतालिका अनुसार नयाँ राष्ट्रपति छनोटका लागि फागुन २५ गते शुत्रबारका दिन निर्वाचन हुनेछ । त्यसैले त्यसको चार दिनअघि नै संसद अधिवेशन आह्वान भएको समाचार प्राप्त भएको छ ।

विज्ञप्तीको पूर्णपाठ :