क्यानडाली प्रधानमन्त्री भारत भ्रमणमा

क्यानडाली प्रधानमन्त्री भारत भ्रमणमा


क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सात दिन लामो भ्रमणका सिलसिलामा आइतबार भारत आएका छन् ।

भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च पदस्थ सरकारी उच्च पदस्थ अधिकारी तथा तथा निजी क्षेत्रका व्यवसायीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ट्रुडोले ट्वीटरमा जनाए अनुसार उनको भ्रमण मुख्यतः भारत र क्यानडाबीचको सम्बन्ध सुधार तथा रोजगारीका अवसर सिर्जना गर्ने बिषयमा केन्द्रित हुने बताएका छन् । उनि आइतबार नै भारतको आग्रा गएका छन् ।

यस अघि बिहीबार क्यानडाको सरकारी प्रतिनिधिमण्डल भारतको अमृतसरस्थित ‘गोल्डेन टेम्पल’ (सुनौलो मन्दिर)को भ्रमण गरेका थिए । ट्रुडोले पनि आगामी बुधबार अमृतसर पुगी ‘गोल्डेन टेम्पल’को दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यसबाहेक उनले आग्रा, अहमदावाद, मुम्बई, तथा नयाँ दिल्लीको भ्रमण गर्ने क्यानडाली प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । (रासस-एएनआई)