सर्वोच्चको अन्तरिम आदेश साना संचारमाध्यमको पक्षमा

सर्वोच्चको अन्तरिम आदेश साना संचारमाध्यमको पक्षमा


विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्वन्धि निर्देशिका, २०६९ यथाशिघ्र कार्यान्वयन गर्नु, गराउनु भनि विपक्षीका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । यो आदेश साना तथा न्युन लगानीबाट सञ्चालनमा आएका संचारमाध्यमहरुको पक्षमा रहेको छ ।

प्रधानन्यााधीश गोपाल पराजुलीको एकल इजलासले प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघले २०७४ फागुन २ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागलाई विपक्षी बनाएर दायर गरेको रिटउपर विपक्षीलाई निर्देशिका कार्यान्वयन नहुनुको कारण देखाउ आदेश जारी गरेका हुन् ।

सो मुद्धामा प्रेस काउन्सिल र पत्रकार महासंघका तर्फबाट वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ता नवराज थपलिया, भक्ति घिमिरेले वहस गरेका थिए ।

२०६९ चैत १ गतेदेखि लागु हुनेगरी मन्त्रीपरिषदले सूचना तथा विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्बन्धी निर्देशिका, २०६९ जारी गरेको भएपनि अहिलेसम्म सोको कार्यन्वयन भने हुन सकेको छैन् ।

निर्देशिका यथाशिघ्र कार्यान्वयन गर्नु र निर्देशिकामा भएको व्यवस्थाअनुरुप समानुपातिक रुपमा सबै मिडियालाई विज्ञापन गराउनु भनी विपक्षीका नाममा परमादेशको आदेश जारी गर्न माग गर्दै रिट दायर गरिएको थियो ।

प्रधानन्यायाधिश पराजुलीले जारी गरेको अन्तरिम आदेश ।