ग्रामीण विकास शिक्षामा छुटाउनै नहुने एउटा नाम

ग्रामीण विकास शिक्षामा छुटाउनै नहुने एउटा नाम


पैंतालीस वर्षअघि सर्लाहीमा जन्मेका उमेश आचार्यले करिब दुई दशक विभिन्न शिक्षण संस्थाहरूमा अध्यापन गरे । अध्यापन जीवनबाट खारिएका उनी गाउँ नै गाउँले भरिएको नेपालको विकास कसरी होला भनी सोचमा डुबे र एउटा निष्कर्षमा पुगे- नेपालमा अलग्गै ग्रामीण विकासको अध्यापन गर्ने परिपाटी सुरु गर्ने । तर, त्यो सजिलो थिएन । सुरुमा ग्रामीण विकास एउटा अलग्गै विषय नै हुँदैन भनी धेरैको चर्को आलोचना खेपेका आचार्य त्रिभुवन विश्वविद्यालयले ०५८ सालमा ग्रामीण विकास विषय अध्यापन गराउने परिपाटी सुरु गरेपछि निकै हरि्षत छन् । त्यतिबेलासम्म राजनीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, भूगोलअर्न्तर्गत ग्रामीण विकासका बारेमा अध्यापन हुन्थ्यो, छुट्टै विषयका रूपमा यसको अध्यापन हुँदैनथ्यो । ग्रामीण विकास विषय सामाजिक विज्ञानअर्न्तर्गत एउटा सङ्कायको रूपमा अध्ययन गर्नुपर्दछ भन्ने सोच जन्माउनेमध्ये आचार्य पनि एक थिए ।
ब्रान्डेन युनिभर्सिटी क्यानडाले पाएको सफलता र छिमेकी राष्ट्र भारतमा हैदरावाद, इन्दहर तथा मद्रास रुरल युनिभर्सिटीमा ग्रामीण विकास विषय अध्यापन गर्ने गरेको सर्न्दर्भलाई उनले प्रमाणको रूपमा उठाए । यो विषय अध्ययन गर्ने परिपाटी त्रिुभवन विश्वविद्यालयमा पनि हुनुपर्छ भनी परिकल्पना गर्नेमध्येका एक परिकल्पनाकार आचार्य तत्कालीन मानविकी डिन प्राध्यापक महेन्द्र सिंहसमक्ष प्रस्ताव राख्न पुगे र उनको प्रस्तावलाई सिंहले सकारात्मक रूपमा लिए । ०५७ सालमा प्राध्यापक सिंहकै अध्यक्षतामा एउटा कार्यदल बन्यो । आचार्य नागरिक समाज र बुद्धिजीवीबाट समर्थनका साथै जनमत बटुल्न व्यापक रूपमा लागे । अन्तत: त्रिविले यस विषयलाई मान्यता दियो र राजनीतिशास्त्रका प्राध्यापक डा. त्रिभुवननाथ जयसवाल र तत्कालीन मानविकी सहायक डिनको प्रमुख भूमिकामा पाठ्यक्रम निर्माण भयो । ग्रामीण विकास मल्टिडिस्प्ल्यानरी विषय भएकाले सुरुमा भूगोल, अर्थशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्रका प्राध्यापकहरूद्वारा अध्यापन सुरु भयो ।
ग्रामीण समाजशास्त्रमा विशेषज्ञता हासिल गरेका आचार्य पनि उक्त विषयको प्राध्यापनमा समाहित भए । सुरुमा त्रिवि केन्द्रीय विभागमा अध्यापन सुरु गरेको ग्रामीण विकास विषय अहिले स्नातकोत्तर क्याम्पस विराटनगर, महेन्द्र बहुमुखी क्याम्पस, ग्रामीण आदर्ख बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पसलगायत दर्जनौँ क्याम्पसमा स्नातकोत्तर तहमा पढाइ हुन्छ । यसैगरी स्नातक तहमा सरस्वती बहुमुखी क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, महेन्द्र मोरङ क्याम्पस, प्ाृृथ्वीनारायण बहुमुखी क्याम्पस, डोटी क्याम्पस, धनकुटा क्याम्पसलगायतका दुई दर्जनभन्दा बढी क्याम्पसमा अध्यापन हुन्छ । सुरुकै वर्षमा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको यस विषयमा तीन सयजनाभन्दा बढीले विशेषज्ञता हासिल गरिसकेका छन् । भक्तपुर बहुमुखी क्याम्पसलगायतका उपत्यकाका दर्जनाँै क्याम्पसबाट समेत यस विषयमा स्नातकोत्तर तह सञ्चालन गर्न अनुमति माग भइरहेको छ । निजीस्तरमा खोलिएका क्याम्पसमा समेत ग्रामीण विकास विषयको आकर्षण बढ्दो छ । त्यसो त उच्च माध्यमिक तह (दस जोड दुई) मा समेत पाठ्यक्रम निर्माण भई यस विषयको अध्यापन भइरहेको छ । त्रिवि मात्र होइन, पूर्वाञ्चल विश्वविद्यालयमा समेत स्नातक तहमा यसको पढाइ सुरु भइसकेको छ ।
परिकल्पनाकार आचार्य यस विषयको अध्ययन/अध्यापनको परिपाटी तीव्र भएकोमा अत्यधिक प्रसन्नता व्यक्त गर्दै भन्छन्- मलाई निकै खुसी लागेको छ । त्यतिबेला म आनन्द पाउँछु जतिबेला ग्रामीण विकासका प्राध्यापक, शिक्षक र विद्यार्थी देख्छु । उनी आफ्नो जन्मस्थल सर्लाही, लालबन्दीस्थित जनज्योति कलेजमा स्नातक तहमा यस विषयको पढाइ भएकोमा खुसी लागेको बताउँछन् ।
एउटा कोठाबाट सुरु भएको ग्रामीण विकास विभाग यतिबेला आफ्नै छुट्टै एउटा सुविधासम्पन्न भवनमा सरेको छ । र्सार्कले गरिबी निवारणलाई नै महत्वपूर्ण एजेन्डा बनाएको वर्तमान परिप्रेक्ष्यमा यस विषयलाई उच्च प्राथमिकता दिनुपर्ने आचार्य बताउँछन् । आइडल भिलेज अर्थात् नमुना गाउँको अवधारणालाई अघि बढाउन र पिछडिएका वर्गलाई अगाडि लैजान यस विषयको सान्दर्भिकता रहेको छ- आचार्य थप्छन् । त्यसो त राष्ट्रिय योजना आयोगमा ग्रामीण विकास विषयका प्राध्यापकलाई समावेश गर्नुपर्ने उनको धारणा छ । ‘प्रत्येक जिल्ला विकास समितिमा ग्रामीण विकास विषयमा उच्च शिक्षा हासिल गरेकालाई एलडीओ बनाउनुपर्छ भने प्रत्येक गाविसमा सो विषय स्नातक गरेको व्यक्तिलाई समावेश गर्नुपर्दछ,’ उनी भन्छन् । ग्रामीण विकासको परिकल्पनाकारहरूमध्येका उनी यो विषयको श्रीवृद्धि चाहन्छन् तर उनी त्रिविले जथाभावी स्नातकोत्तर तह सञ्चालन गर्न दिन नहुने धारणा राख्छन् ।
स्जुन रूपमा यो विभाग अघि बढ्नुपर्ने थियो त्यो रूपमा जान नसकेकोमा आचार्य चिन्ता व्यक्त गर्दै भन्छन्- रुरल प्लानिङ एन्ड स्टडी सेन्टर खोलेर ग्रामीण अनुसन्धान कार्य सुरु गर्न सकेमा यो विषयको उपादेयता स्पष्ट देखिन्थ्यो र नेपालको विकास हुन्थ्यो । आफ्नो जीवनमा ग्रामीण विकास विश्वविद्यालय बनेको देख्न पाए आफ्नो सपना पूरा हुने धारणा आचार्य व्यक्त गर्दछन् । सादा जीवन उच्च विचार राख्ने उनी सरकारबाट कुनै सहयोग र सम्मान नपाएकोमा गुनासो गर्दैनन् । उनी भन्छन्- कर्म गर्ने फलको आशार् इश्वरलाई सुम्पन पर्दछ । प्रा.डा. प्रदीपकुमार खड्का, नरहरि आचार्य र नवीनप्रकाशजंग शाहजस्ता व्यक्तिबाट आफू प्रभावित भएको बताउने उनी जीवनभरि अरूको सेवा गर्न पाउँदा र आफूले पाएको ज्ञान विद्यार्थीमाझ साटासाट गर्न पाउँदा प्राप्त हुने आनन्दमा नै सन्तुष्टि रहेको बताउँछन् । विद्यार्थीमाझ लोकप्रिय उनी ग्रामीण समाजशास्त्रका एउटा कर्तव्यनिष्ठ गुरुका रूपमा चिनिन चाहन्छन् ।
प्रस्तुति : श्रीराम खनाल