युद्धको शैली र स्थान परिवर्तनलाई किन भनियो आठदलीय एकता ?-एस. शाह

युद्धको शैली र स्थान परिवर्तनलाई किन भनियो आठदलीय एकता ?-एस. शाह


रातको समयमा आफ्नै घरको आ“गनसम्म निस्कन डराउने मानिस पनि धेरैजनाको साथ र समूह पाएपछि रातभरि जङ्गल र मसानघाटको बाटो पनि हि“ड्न सक्दछ । समूहभित्रको प्रत्येक व्यक्तिलाई भयहीन र द्विविधाहीन बनाउनु नै सामूहिक सहयात्राको प्रमुख विशेषता हो । राजनीतिक उद्देश्यको सामूहिक सहयात्राले पनि गठबन्धन समूहमा सहयात्री र सहकर्मी बनिरहेका प्रत्येक नेता र पार्टीको डर शङ्का, सङ्कोच र द्विविधालाई मेटाएर प्रत्येकको मनोबललाई उच्चतम बिन्दुमा पुर्‍याउन सक्नुपर्ने थियो । आठवटा महत्त्वपूर्ण पार्टीहरूको एकता भनेको अर्को अर्थमा नेपालस“ग भएको पूर्ण तागत र बल नै हो । देशमा भएभरिका सबै शक्तिहरूको बल मिलाएर पनि राष्ट्रले थप ऊर्जा प्राप्त गर्न सकेको र राष्ट्रलाई बलियो बनाउन सकेको सङ्केत देखि“दैन भने ‘सातवटा गधाको मस्तिष्क जोडेर एउटा हात्तीको मस्तिष्क तयार हुन सक्दैन’ भन्ने भनाइलाई स्वीकार गनै बाध्यता पर्न जान्छ । यदि पार्टीहरूको सामूहिक एकताबाट तागत र बल थपिएको महसुस हुन सक्दैन र हुन सकेको पनि छैन भने तागतदारको अभिनय मात्र केका लागि किन गर्ने – रामप्रसादको तागत यदि श्यामप्रसादको तागत सावित हुन सक्दैन भने यसलाई शक्तिको एकता भन मिल्दैन । सातवटा घोडाबराबरको शक्तिलाई एकीकृत गरेर कुनै एउटा सिङ्गो यन्त्र बनाइसकेपछि त्यसबाट एकीकृत गरेर कुनै एउटा सिङ्गो यन्त्र बनाइसकेपछि त्यसबाट आधा झिक्न र घटाउन सक्ने गुञ्जाइस नै हु“दैन । शक्ति एकीकरणको एउटा उदाहरण मात्र हो यो । आ-आफ्नो तागतलाई आ-आफ्नै स्वार्थमा प्रयोग गर्नु पनि सामूहिक एकताको उदाहरण होइन । सामूहिक सहयात्रामा स“गस“गै भएर पनि साझा गठबन्धनभित्रको प्रत्येक पार्टी र नेता भयभीत र सशङ्कित देखिनुको कारणबाट ‘बाह्रबु“दे सहमति’ मा सहभागिता भएका प्रमुख पार्टीका नेताहरूले ‘भोलि अनुकूल अवसर आउनेबित्तिकै देखाइदिउ“ला’ भन्ने कालो नियतिबाट सही गरेका रहेछन् भन्ने कुरा अहिलेको परिणाम र परिस्थितिले नै पुष्ट्याइ“ गरिरहेको छ । ‘गाई बेचिसकेपछि बाच्छाको के लोभ गर्नु – भन्ने नेपाली उखानका विपरीत काङ्ग्रेस र एमाले अहिले बाच्छाको वहानामा मोल थपाउने नकचरो प्रयत्न मात्र गरिरहेका छन् ।
सैद्धान्तिक महत्त्वका विवाद र मतभेदलाई नटुङ््याईकनै आठदलीय एकता र सहमतिको झुटो प्रचार गर्नेहरूलाई अहिले आफ्नै नाटक र अभिनय पश्चात्तापको विषय बनिरहेको छ । नेपाली जनताप्रति पूर्ण विश्वास र जनताको निर्णयलाई स्वीकार गर्न सक्ने इमानदारी भएको भए संविधानसभाको चुनावमा दर्ुइतिहाई वा अधिकमत प्राप्त गर्नसक्ने पार्टीले नै आफ्नो राजनीतिक मान्यताअनुकूलको शासन-व्यवस्था र संविधानको घोषणा गर्न पाउनेछ भन्ने र्सतमा सहमति गरेर पनि विवाद र द्वन्द्वलाई टुग्याउन सकिने पर्याप्त गुञ्जाइस थियो । किनकि र्सतहरू जिम्मेवार ढङ्गबाट राखिएका छन् र र्सतहरूले उत्पन्न गरेको परिणामलाई स्वीकार गर्न सक्ने नैतिक इमानदारीको साहस छ भने सिक्का उछालेर पनि विवाद र मतभेदको टुङ्गो लाग्न सक्ने कुरा हो । किनकि प्रतिस्पर्धाका निम्ति सम्बजबाट निर्धारित गरिएको मान्यताप्राप्त र्सत र प्रक्रियाका आधारमा नै जनताका छोरा द्रव्यशाह राजा बनेका थिए । विवादको टुङ्गो लगाउने प्रक्रिया र तरिकाभन्दा आफ्नो र्सतको परिणामलाई स्वीकार गर्न सक्ने नैतिक इमानदारी नै महत्त्वपूर्ण कुरा हो । बाह्रबु“दे सम्झौता गर्ने नेताहरूस“ग जुवाडीस्तरको नैतिक इमानदारी पनि देखिएन । भिन्न मतका पन्ध्र हजार जनतालाई दुस्मन मानेर हत्या गरिसकेको माओवादीलाई केका निम्ति चाहियो सर्वसम्मत संविधान – किन चाहियो भिन्न मतको सहमति र सहयोग – भिन्न मतका निर्बल र गरिब जनताको हत्या गर्ने माओवादीले सर्वसम्मत संविधानको चाहना र अपेक्षा गर्नु आफैंमा एउटा पाखण्डपूर्ण बेइमानी होइन र – एउटै मतको समाज चाहने पार्टीले बहुमतीय संविधान लेख्न खोज्नुको र्सार्थकता के हो – जनक्रान्तिले क्रान्तिकारी निर्णय गर्नका निम्ति पुरानो संविधान र संसद्को आड लिइरहनुपर्ने आवश्यकता हु“दैन । माओवादीको जनयुद्ध र २०६३ को संयुक्त आन्दोलन यदि शासकीय ढा“चा र मान्यता परिवर्तन गर्न सक्षम थियो भने राजाको माध्यमबाट पुरानो संसद् पुनर्स्थापना गराउनुपर्ने के बाध्यता थियो – निर्ण्ाायक हैसियत प्राप्त गर्न असफल भएका माओवादी नेताले आफ्नो प्राण बचाउनका निम्ति निर्ण्ाायक अधिकार अरूलाई सुम्पेको कुरा क्रमशः ‘संसद् पुनर्स्थापना’ को संसद्वादीको नारा स्वीकार गरेर २०६३ को संयुक्त आन्दोलनको नेतृत्व र अन्तरिम सरकारको नेतृत्व स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई सुम्पिदिएबाट नै स्पष्ट हुन्छ । जब कि जनक्रान्तिको नेतृत्व गरेको विश्वको कुनै पनि नेताले जनयुद्ध र जनक्रान्तिलाई टुङ्गोमा पुर्‍याउनुभन्दा पहिले नै आन्दोलनको नेतृत्व कुनै अर्को पार्टीको नेतालाई सुम्पेको एउटा उदाहरण पनि विश्वको इतिहासमा कतै भेटि“दैन । यर्सथमा माओवादीका नेताहरूले स्वार्गीय गिरिजाप्रसाद कोइरालाप्रति देखाएको ममता र कृतज्ञता ‘जनयुद्ध’ लाई सफल र ‘गणतन्त्र’ लाई सर्वसम्मत गराइदिएबापतको नभएर ज्यान जोगाइदिएबापतको हो भन्ने पुष्टि हु“दै आएको छ । किनकि ‘जनयुद्ध’लाई नेपाली जनताको र्सत र आग्रहमा नत्यागेर भिन्नै मान्यता, भिन्नै स्वार्थ र भिन्नै उद्देश्य भएका स्वदेशी तथा विदेशी शक्तिको आग्रहमा प्रतिफलबिना नै सस्तो तरिकाबाट त्यागिएको कारणबाट नै माओवादीको डिजाइनअनुसारको गणतन्त्र, संविधान, कार्ययोजना र नाराप्रति तत्काल देखाइएको सहमति र र्समर्थन क्रमशः झुटो, कृत्रिम र शङ्कास्पद सावित भइरहेको देखिन्छ ।
कस्तो संविधान – कस्तो शासन व्यवस्था – कस्तो संरचना – कस्तो नीति – भन्ने विषयका सैद्धान्तिक विवादका मुख्य-मुख्य सवालमा सर्वदलीय सहमति भइसकेको हो भने तोकिएको समयभित्र संविधान लेख्न नदिने किसिमको असहमतिको नया“ मुद्दा फेरि कसको कमजोरी र बेइमानीबाट उत्पन्न भएको हो – राजा र राजतन्त्रलाई लामो समयम्मका लागि भूमिकाहीन, असँन्दर्भिक र विस्मरणीय बनाउनका निम्ति प्रमुख पार्टीहरूको एकता र सहमति लामो समयसम्म कायम रहन जरुरी छ र यस किसिमको दूरगामी एकताबिना राजतन्त्रको उन्मूलन सम्भव छैन भन्ने कुरा जनता र नेता दर्ुइवटैले बुझेर नै दर्ीघकालीन सहमति र एकताको नारा दिइएको देखिन्छ । तर, झुटो सहमति र बनावटी मित्रता गर्ने नेताहरूको एकता धेरै लामो हुन सक्दैन भन्ने कुरा निरन्तर रूपमा प्रमाणित हु“दै आएको छ । पार्टीहरूको मित्रता र एकता धेरै लामो हुन नसक्नुको कारण उनीहरूको आफ्नो राजनीतिक ‘वाद’ नै हो किनकि ‘गान्धीवाद’ ‘माओवाद’ र ‘लेनिनवाद’ जस्तो कुनै पनि एउटा ‘वाद’ कायम रहन पनि सक्दैन भन्ने निष्कर्षबाट नै स्वर्गीय राजा श्री ५ महेन्द्रले पारिएको तेस्रो ‘मौलिकवाद’को प्रतिपादन गरिबक्सेको थियो र प्रजातन्त्रवादी र साम्यवादी दर्ुइवटैलाई आंशिक रूपमा स्वीकार्य पनि भएको हो । राजतन्त्रले झैं लामो समयसम्म राष्ट्रिय एकता र अखण्डता कायम राख्दै ‘दलीय वाद’को सङ्कीर्ण दायरालाई नेपालका नेता र पार्टीहरूले त्याग्न सकेको खण्डमा मात्र राजनीतिक पार्टीहरूको राष्ट्रव्यापी राष्ट्रिय एकता र राजतन्त्रको युगान्तकारी अन्त्य सम्भव हुन सक्नेछ । चिनी र भेलीले होइन कि सिधे नुनले मात्र समुद्री नुनलाई त्याग्न सक्ने स्थिति ल्याउन सक्दछ । राजतन्त्रको माध्यमबाट प्राप्त भएको राजनीतिक र कूटनीतिक सफलतालाई यथावत् कायम राखेर, राष्ट्रिय स्वार्थको सवालमा राजाको स्थान लिएर राष्ट्रिय स्वाधीनताप्रतिको राजाहरूको आकाङ्क्षालाई आत्मसात् गरेर मात्र राजतन्त्रलाई असान्दर्भिक र विस्मरणीय बनाउन सकिनेछ । नेपालको राज्यसत्तालाई पराधीन र परनिर्देशित बनाएर जातीय एकता र राष्ट्रिय अखण्डताप्रति असहिष्णुता बढाएर राजतन्त्रलाई अतीतको इतिहास बनाउन सकिने छैन । राजनीतिमा कसैको आलोचक बन्नु र विकल्प बन्न सक्नु एउटै कुरा होइन । ‘विखण्डनवादीहरूको भोट र अन्य सहयोग मलाई चाहिएको छैन’ भनेर नेपालका राष्ट्रपति डा. रामवरण यादवले मात्र राजतन्त्रको वैकल्पिक विरोधी बन्नसक्ने लाक्षणिक क्षमता देखाएका छन् । राष्ट्रपति डा. यादवलाई छोडेर नेपालका अरू यावत् नेताहरू गुणात्मक दृष्टिबाट राजतन्त्रलाई उछिन्न सक्ने वैकल्पिक विरोधीका रूपमा नदेखिएर केवल आलोचनाको हैसियतमा देखिएका छन् । किनकि उत्तम विकल्प बन्न सक्नु नै विरोधी बन्नुको र्सार्थकता हो । नेपालमा जुनसुकै किसिमको शासन-व्यवस्था स्थापित गरिए पनि असान्दर्भिक र असुरक्षित हुनुनपर्ने दृष्टिकोण भएको पार्टी केवल एमाले मात्र देखिन्छ । काङ्ग्रेस र माओवादीले आत्मग्लानि र पश्चात्ताप गर्नुपर्ने स्थिति पनि आउन सक्ने प्रबल सम्भावना भएको हुनाले यी दर्ुइवटैको भविष्य खतरामा छ । किनकि नेपालका माओवादीहरूले लेनिन, स्टालिन र माओ शैलीको गणतन्त्रलाई स्थापित र परिचालित गर्न सक्ने सम्भावना छैन, यदि प्रजातान्त्रिक पद्धतिमा आधारित प्रावधानहरूलाई परिवर्तन गर्न नमान्ने र माओवादको ‘म’ र ‘साम्यवाद’ को ‘स’ लाई पनि राष्ट्रिय नीति र योजनामा स्थान दिन आवश्यक नठान्ने संसदीय परम्पराको व्यवस्था र संरचनालाई माओवादीले जस्ताको तस्तै स्वीकार गर्‍यो भने उसले गरेको १५ हजार नेपालीको हत्या र राजतन्त्रको अन्त्यले माओवादीलाई नै आत्मग्लानि र हीनताबोध गराइरहनेछ । माओवादीस“ग मित्रता गरेर गणतन्त्रको घोषणा गराउन सहमति भएकै कारणबाट स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई उच्च इच्छाशक्ति र स्थिर दृष्टिकोणको महान् नेता भनेर धेरैजनाले प्रशंसा गरिसकेका भए पनि उहा“ले गरेका निर्णयको परिणाम र दुष्परिणाम अर्को आमचुनावपछि मात्र देख्न पाइनेछ । शान्तिप्रक्रिया सफल भइसकेपछि घोषित हुनसक्ने अर्को सम्भाव्य आमचुनावमा नेपाली काङ्ग्रेसले बहुमत प्राप्त गर्न सक्यो वा दोस्रो स्थान प्राप्त गर्‍यो भने पनि स्वर्गीय कोइरालालाई ठूला, अग्ला, कुशल र अविचलित नेता भन्नेहरूको निष्कर्षलाई प्रामाणिक नै मान्न सकिनेछ । तर, गणतन्त्र घोषणापछिको पहिलो आमचुनावमा नेपाली काङ्ग्रेस तेस्रो वा चौथो नम्बरको पार्टी बन्न गयो र कमसेकम दस वर्षसम्म काङ्ग्रेसले बहुमत प्राप्त गर्नसक्ने सम्भावना नै समाप्त भयो भने राजाको विजोग देख्ने रहर भएका नेपाली काङ्ग्रेसको दयनीय विजोग राजा ज्ञानेन्द्रले पनि राम्ररी नै देख्न पाउनेछन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको चाहना र योजनाअनुसार नेपाली काङ्ग्रेसलाई यदि माओवादीको छायाकपी मात्र बनाइरहने हो भने छायाकपीले मूलकपीलाई अप्रिय र अस्वीकार्य बनाउन सक्नु असम्भव छ । पार्टीको अस्तित्व र भविष्यलाई महत्त्वपूर्ण बनाइराख्नका निम्ति जुन व्यक्तिको विचार, विश्लेषण र योजनालाई अहिले नै गलत ठहराएर त्याग्नुपर्ने बाध्यता परिसकेको छ उनै कोइरालालाई चामत्कारिक महान् नेता भन्नुको कुनै र्सार्थकता छैन । किनकि उहा“को निर्णयले नेपाली काङ्ग्रेसलाई फाइदा पुर्‍याएको अवस्थामा मात्र उहा“लाई अद्वितीय नेता भन्नुको र्सार्थकता भेटिनेछ । विगतस“ग बाझिने किसिमबाट जब कुनै व्यक्तिको जीवनधारा, दृष्टिकोण र शैली बदलिन्छ भने त्यस्तो व्यक्तिको अन्तिम दृष्टिकोण, अन्तिम कर्म र अन्तिम निर्णयलाई नै अन्तिम परिचय मान्नुपर्ने हुन्छ । विगतस“ग गा“सेर परिचय दिनु वा परिचित गराउनु विवेकसङ्गत हु“दैन । यदि विगतस“ग गा“सेर नै परिचय दिने हो भने गौतमबुद्धलाई भगवान् नभनेर राजा भन्नुपर्ने हुन्छ । वाल्मीकिलाई ऋषि नभनेर डा“कु रत्नाकर नै भन्नुपर्ने हुन्छ । साठी वर्षसम्म अविवाहित रहेर ब्रह्मचर्यमा बसेको कुनै व्यक्तिले एकसठ्ठी वर्षको उमेरमा विवाह गर्दछ भने उसलाई ब्रह्मचारी नभनेर गृहस्थ भन्न थालिएको हुन्छ । संसदीय प्रजातन्त्रका निम्ति सङ्घर्ष गरेका स्वर्गीय गिरिजाप्रसाद कोइरालाको इतिहास धेरै लामो भए पनि वामपन्थी गणतन्त्रवादीका रूपमा उहा“को परिचय महान् र वरिष्ठ नेताको भइसकेको थिएन ।
माओवादीको नारा र योजनालाई स्वीकार गर्नु नै महानता हो भने सबैभन्दा महान् त भारत सरकार नै भयो त्यसपछिका महान् मानवहरू एनजीओवाला र मानवाधिकारवादीहरूलाई मान्नुपर्ने हुन्छ । माओवादीका शुभचिन्तक मित्रको रूपमा पनि कोइरालाको महानता पुच्छरमा पर्न गएको देखिन्छ । युधिष्ठिरको दार्शनिक तर्क र उच्च नैतिकतालाई बुझन नसक्नेहरूका निम्ति भीमको बाहुबली अहंकार र उद्दण्डता नै प्रशंसा र गौरवको विषय बन्न गएको हुन्छ । बीपीलाई तल्लो श्रेणीमा पार्ने किसिमबाट जीपीको प्रशंसा गर्नु भनेको भीम र दुर्योधनलाई महाभारत कथाको नायक मान्नुजस्तै हो । महाभारतका अजेय योद्धा भीष्मपितामह र र्सर्ूयपुत्र कर्णलाई पराजित गर्न सकिने षड्यन्त्रकारी योजना बनाउने समयमा भगवान् श्रीकृष्णले ‘कुनै सैद्धान्तिक आदर्श नभएका व्यक्तिलाई भन्दा सैद्धान्तिक आदर्श र उच्च नैतिकता भएका व्यक्तिलाई हराउन र लाचार बनाउन सजिलो हुन्छ’ भनेर व्याख्या गरेका थिए । दानी कर्णले माग्नेलाई दान गर्न सङ्कोच गर्ने गरेका भए उनीस“ग कवच र कुण्डल मागेर निर्बल बनाउने षड्यन्त्रकारी योजना नै बन्न सक्ने थिएन । भीष्मपितामहले अबला नारीको विरुद्ध हतियार उठाउन सक्दैनन् भन्ने पूर्ण विश्वास नभएको भए शिखण्डीलाई भीष्मका अगाडि उभ्याउने षड्यन्त्रकारी योजना बनाउनमा विरोधीहरूलाई पनि द्विविधा हुने थियो ।
सत्ता प्राप्त गर्ने विषयको बीपीको असफलतालाई भीष्मपितामहको असफलतास“ग तुलना गर्न सकिन्छ भने जीपीको राजनीतिक सफलतालाई जाडो खाइदिने बोका बेच्नेको सफलतास“ग तुलना र नपाएका बटुवाहरूले चादरमाथि पिठो मुछेर पातलो ढुङ्गाको तावामा रोटी पकाएर खाएको एक-दर्ुइपटक देखेको छु मैले । राजनीतिमा गलत तरिकाबाट उद्देश्य पूरा गर्ने यस किसिमको बटुवा शैलीलाई तदर्थवाद भनिन्छ । नेपाली जनताले चामत्कारिक र सङ्कटमोचक ठहराएका र्सर्ूयबहादुर थापा, गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्ड भनेका चादरमा पिठो मुछेर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने नेता हुन् । स्वर्गीय बीपी कोइरालाले कसैस“ग पनि गलत सम्झौता गरेर गलत माध्यमबाट गलत र्सतमा सत्ता प्राप्त गर्न चाहनुभएन तर गिरिजाप्रसाद कोइरालाले जुनसुकै र्सतमा जस्तोसुकै माध्यम र प्रक्रियाबाट जस्तोसुकै सम्झौता गरेर भए पनि सत्ता प्राप्त गर्ने प्रयत्न गर्नुभयो । वैचारिक विचलन र धर्म परिवर्तनलाई ठूलो सफलता ठानिदिने बुद्धिजीवीहरू नेपालमा पर्याप्त भएका कारणले नै नेपालीहरूको विचार, विवेक, दृष्टिकोण र धारणा परिवर्तन गराउने घुसपैठियाहरू नेपालमा ओइरिएका छन् । पग्लने धातुको रूपमा र आकारमा बेलाबेलामा परिवर्तन भइरहे पनि धातु पगाल्ने लोहार र सुनारको विचार, अनुहार र परिचय बदलिएको हु“दैन । हथकडी चाहे चा“दी र सुनकै भए पनि त्यसलाई महामर्ूखले पनि गहना मान्न सक्दैन ।