‘सुनकेसरी’को नाममा सल्बलाउँदै भूतप्रेत !

‘सुनकेसरी’को नाममा सल्बलाउँदै भूतप्रेत !


– राजन घिमिरे

तपाईं भूतप्रेतमाथि कति विश्वास गर्नुहुन्छ ? भूतप्रेतको शक्ति वा प्रभाव साँच्चै होला त ? कि यो मनको डर मात्र हो ?

यस्ता कुतूहल मेटाउने वा भूतबारेका जिज्ञासाको जवाफ दिने दाबीका साथ यतिबेला प्रदर्शनको तयारीमा रहेको छ, चलचित्र– सुनकेसरी । आमदर्शकमाझ सुनकेसरीले व्यापक चासो र चर्चा पाइरहेको छ यतिबेला । सुन्दा यस चलचित्रको नाम सामान्य लागे पनि समाज र परिवारभित्रको निकै जटिल एवम् महत्वपूर्ण पक्षलाई यसले उठाएको छ ।

पछिल्लो समय प्रवासबाट चलचित्र निर्माण गर्ने कार्यमा तिव्रता आउन थालेको छ । यो रफ्तारमा अष्ट्रेलियावासी नेपालीहरू केही अगाडि नै देखिएका छन् । चलचित्र सुनकेसरीको सम्पूर्ण छायाङ्कन अष्ट्रेलियामा गरिएको हो भने चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल र लारेनको प्रमुख भूमिका रहेको छ । लारेन अष्ट्रेलियावासी कलाकार हुन् । चलचित्रको कार्यकारी निर्मातामा मनोज अधिकारीको रहेका छन् ।

गत शुक्रबार फिल्मको टीजर बजारमा आएपछि सुनकेसरीले पाएको तारिफ तथा सकारात्मक प्रतिक्रिया हेर्दा यस फिल्मले आफ्नो बेग्लै स्थान कायम गर्ने चर्चा फिल्मी बजारमा चल्न थालेको छ । एकै धार र उस्तै विषयमा चलचित्र निर्माण भैरहेको समयमा फरक स्वाद र विषय बोकेर आएको सुनकेसरीले दर्शकहरूको मन जित्ने देखिन्छ । चलचित्र जेठ ११ गतेदेखि प्रदर्शनमा आउने छ भने यस चलचित्रलाई नेपाल र अष्ट्रेलियामा एकसाथ देखाइने भएको छ । सुनकेसरीको निर्देशन राम्रा कलाकारका रूपमा चिनिएका अर्पण थापाले निर्देशन गरेका हुन् ।