६६ जना सवार विमान दुर्घटनामा

६६ जना सवार विमान दुर्घटनामा


इरानको राजधानी तेहेरानबाट यासुजका लागि उडेको ६६ जना यात्रु सवार विमान इस्फान प्रान्तको सेमीरोममा दुर्घटनाग्रस्त भएको छ ।

सो विमान दक्षिणी इरानको सेमीरोम प्रान्तको हिमालमा दुर्घटना भएको फार्स न्यूज एजेन्सीले जनाएको छ ।

एटीअार-७२ कल साइन भएको विमान राजधानी तेहरानबाट दक्षिणी शहर यासुजका लागि उडेको थियो ।

घटनास्थलतर्फ उद्दारकर्ता पठाइएको इरानी रेड क्रिसियन्टले जनाएको छ । क्षतीको विवरण अाइनसकेको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

घटनास्थलतर्फ उद्दारका लागि हेलिकोप्टरहरू पठाइएको छ। क्षतीको विवरण तत्काल प्राप्त भइनसकेको इरानको अापतकालिन उद्दार संस्थाका प्रवक्ताले बताएका छन् ।

घटनास्थल दुर्गम पहाडी भेगमा भएका कारण एम्वुलेन्स पठाउन नपाइएको र उद्दारका लागि हेलिकोप्टर पठाइएको उनले बताएको इरानको समाचार एजेन्सी एमएनएले जनाएको छ।

विमानले अापतकालिन अवतरणको प्रयास गर्ने क्रममा दुर्घटना भएको स्थानीयबासीलार्इ उदृत गर्दै एमएनएले जनाएको छ ।