बुर्कामाथि प्रतिबन्ध लगाउँदै डेनमार्क

बुर्कामाथि प्रतिबन्ध लगाउँदै डेनमार्क


फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, बुल्गेरिया, जर्मनीपछि मुस्लिम महिलाको पहिरण ‘बुर्का’माथि अब डेनमार्कले पनि प्रतिबन्ध लगाउने भएको छ । आँखाको लाथि थोरै भाग खुला गरी महिलाको अनुहार पूरै ढाकिने गरी लगाइने बुर्कामाथि सार्वजनिक प्रतिबन्ध लगाउन डेनमार्क सरकारले कानुन तर्जुमा गर्दैछ ।

सार्वजनिक रूपमा अब कसैले बुर्का पहिरिएमा उसमाथि एक सय बीस पाउण्ड जरिवाना लगाइने छ भने कानून उल्लंघन गरी दोहोर्याएर बुर्का लगाइएको भेटिए दश गुणा बढी जरिवाना तिराइने डेनमार्कका कानुन मन्त्री सोरेन पापे पाउसेनले जनाएका छन् । उनका अनुसार सार्वजनिक स्थानमा मानिसहरूबीच भेटघाट हुँदा अनुहार ढाकेर बस्नु डेनिस समाजको मूल्य–मान्यताविपरीत कार्य हो । यस्तो नियम लगाएर डेनमार्कले आफूलाई सामाजिक रूपले एकअर्काप्रति भरोसा र विश्वासमा चल्ने मुलुकको भनी सावित गराउन खोजेको तर्क दिइएको छ ।

ज्ञातव्य छ, डेनमार्क अति कम मुस्लिम आवादी भएको देश हो, जहाँ यो नियम लागू भएपछि जम्माजम्मी दुई सय मुस्लिम महिलालाई मात्र असर पर्ने इन्डिपेन्डेन्टले जनाएको छ ।