कवि, जो कहलिए अमेरिकी प्रजातन्त्रका महान् गायक !

कवि, जो कहलिए अमेरिकी प्रजातन्त्रका महान् गायक !


– हेमन्त खतिवडा

अमेरिकाका एक सशक्त कवि हुन् वाल्ट विट्म्यान । सुरुमा मानिसहरू उनका कवितालाई छन्द विहीन भनेर तिरस्कार गर्थे, अपहेलित गर्थे, सुङ्गुरका निम्ति गणित र विट्म्यानका लागि कविता एकै हो भन्थे । जब इमर्सनले उनका कविताको सराहना गर्न थाले, उनलाई अमेरिकी प्रजतन्त्रका महान् गायक भनी घोषणा गरे । सन् १८५५ अमेरिकी साहित्यको इतिहासको निम्ति महत्वपूर्ण वर्ष हो । यही बेलामा हो उनको लिभ्स् अफ् ग्रास पुस्तक प्रकाशित भएको ।

सन् १८१९ मा न्यूयोर्कको वेस्ट हिल्समा वाल्ट विट्म्यानको जन्म भएको थियो । उनी ब्रुकलीनमा हुर्के । नौजना छोराछोरीमा उनी माइला थिए । बु्रकलीनका खोलानाला पाखा–पखेरा घुम्थे, प्रकृतिको काखमा उन्मुख भएर हिँड्थे, त्यसबेला ब्रुकलीनको जनसंख्या सात हजार थियो । उनका बुबा किसान थिए । पछि सिकर्मी भए । उनकी आमा धार्मिक प्रकृतिकी नारी थिइन् । विट्म्यानमा आमाको ठूलो प्रभाव छ । उनका हजुरबा, हजुरआमा गाउँमा बस्थे । उनीहरुलाई भेट्न उनी बारम्बार गाउँ जान्थे । उनी गाउँमा नदीनाला, वन–जंगलतिर घुम्थे ।

यसरी गाउँको जीवनसित उनी परिचित भए । शिक्षक भएर काम गरे उनले, पत्रकार भएर काम गरे । खूब पढ्थे उनी, नेताहरुको भाषण सुन्थे । संगीत गोष्ठीमा जान्थे, नाटक हेर्थे ।

अब उनी २२ वर्षका भए, अनि उनले एउटा उपन्यास लेखे । यो उपन्यास धेरै बिक्री भयो ।

यसपछि उनी उपन्यासकारबाट कवि बन्ने विचारमा पुगे । ‘डेली–इगल’ भन्ने पत्रिकाका सम्पादक पनि बन्न पुगे । उनी भन्थे, काला हुन् या गोरा सबै मानिस समान छन् । उनी रंगभेदविरुद्ध सम्पादकीय लेख्थे । जब उनले क्रान्तिकारी लेखहरु लेख्न थाले, तब उनका प्रकाशक चिढिए र सम्पादकको पदबाट उनलाई हटाइदिए ।

वाल्ट विट्म्यान अमेरिका र अमेरिकी प्रजातन्त्रका कवि हुन् । अमेरिकाको उनले गुणगान गाएका छन् । उनको धारणा थियो अमेरिकीहरु एकदिन धेरै उचाइमा पुग्नेछन् । कवि विट्म्यान मानिसको व्यक्तिगत स्वतन्त्रताका बलिया समर्थक थिए । सन् १८५५ मा उनको लिभ्स अफ् ग्रास छापियो । उनको जीवनकालमा यसका नौ वटा संस्करण निस्कियो । प्रत्येक संस्करणमा उनले कविता परिमार्जन गरे, कति कविता छाँटे, अनि कति नयाँ थपे । थप्दै, छाँट्दै परिमार्जन गर्ने काम उनले गरिरहे ।

सन् १८४८ मा उनी देशको भ्रमणमा हिँडे । न्यून अर्लिन्स पुगे उनी । त्यहाँ एउटी सुन्दरी युवतीलाई उनले देखे अनि उनको रुप र सौन्दर्थबाट मुग्ध भएर एउटा कविता लेखे । उनी भन्छन्– ‘म एउटा शहरमा गएको थिएँ । मैले त्यहाँ धेरैथोक देखेँ तर अहिले त्यहाँ भेटेकी नारीलाई मात्र सम्झन्छु । अरु त मैले बिर्सिसके ।’

वाल्ट विट्म्यान अमेरिका र अमेरिकी प्रजातन्त्रका कवि हुन् । अमेरिकाको उनले गुणगान गाएका छन् । उनको धारणा थियो अमेरिकीहरु एकदिन धेरै उचाइमा पुग्नेछन् । कवि विट्म्यान मानिसको व्यक्तिगत स्वतन्त्रताका बलिया समर्थक थिए । सन् १८५५ मा उनको लिभ्स अफ् ग्रास छापियो । उनको जीवनकालमा यसका नौ वटा संस्करण निस्कियो । प्रत्येक संस्करणमा उनले कविता परिमार्जन गरे, कति कविता छाँटे, अनि कति नयाँ थपे । थप्दै, छाँट्दै परिमार्जन गर्ने काम उनले गरिरहे ।

अब्राहम लिङ्कनको हत्या हुँदा उनी बिचलित बने अनि कविता लेखे । उनले जीवनभर बिहे गरेनन् । जोन बोरोज भन्छन्– उनको जीवन सुरुदेखि अन्तैसम्म कविको जीवन थियो । स्वतन्त्र, निःस्वार्थ अनि असंसारिक । आनन्द र भरिपूर्ण सन्तोषसित उनी बाँचे ।

सन् १८७३ मा पक्षघात्ले आक्रमण ग¥यो, अब उनको स्वास्थ्य बिग्रँदै जान थाल्यो । बाटामा उनी खोच्याउँदै हिँड्थे । क्याम्डेनमा उनी बस्न थाले, त्यहीँ उनकी आमा मरेकी थिइन्, उनी पनि त्यही मर्न चाहन्थे ।

सन् १८९२ मा ७३ वर्षको संसारमा टेके । साथीहरुले ठूलो भोज दिए उनको नाममा । त्यही वर्ष उनी मरे ।