सहमति नभए नेपाली कांग्रेसमा भयङ्कर विस्फोट

सहमति नभए नेपाली कांग्रेसमा भयङ्कर विस्फोट


नेपाली कांग्रेस अन्तरकलहको कारणले फेरि विस्फोटको सङ्घारमा पुगेको छ । व्यक्तिवादी गुट–उपगुटले गर्दा सिङ्गो पार्टीमा चम्चेहरूको निकै चलखेल चलेको छ । यतिबेला देश र जनतालाई सङ्कट परेको छ । नेपाली कांग्रेसको काँधमा ठूलो जिम्मेवारी छ, राष्ट्रको गहन भूमिका खेल्नुपरेको छ यतिखेर । तर, हाम्रा नेताहरू मन्त्री खान हतारिएर गुटबन्दीको राजनीति गर्दै छन् । पार्टीका अग्रजमा देखापरेको यो परिस्थितिले गर्दा नेपाली काङगे्रसका कार्यकर्तामा चिन्ता र निराशा छाएको छ । पार्टीको सिद्धान्तको मूल उद्देश्य बीपीको दर्शन र कांग्रेस पार्टीमा जीवन बलिदान गर्ने र समर्पण गर्नेहरूको उपेक्षा भएको छ । लोकतान्त्रिक प्रजातन्त्रको लडाइँ लड्नेहरू र नेपाली कांग्रेसलाई मतदान गर्ने नेपाली जनताको मन रोइरहेको छ । कांग्रेसलाई माया गर्ने जनता हिमालदेखि पहाड र तराईका ग्रामीण बस्तीमा छन् । तर, मत पाई विजय भएका नेताहरू राजधानी बस्छन् । ग्रामीण बस्तीमा बस्ने जनताले पार्टीका अग्रजहरूबाट कार्य सम्पादन गर्न पाएका छैनन् । पार्टीलाई अधोगतिमा उन्मुख गराउनेहरूको निजी स्वार्थपूर्ति गर्नेहरूको कार्य सम्पादन गरिरहेको छ । नेपाली कांग्रेस पार्टीमा अटल विश्वास राखी बीपीको दर्शनलाई हृदयकारी गर्ने सबै कार्यकर्ता अब चुप लागेर बस्ने बेला होइन । पार्टी केन्द्रदेखि गाउँ एकाइसम्मका सिङ्गो नेपाली कांग्रेसहरूले गहन सोच र समझदारीका साथ गर्न/गराउन अति खाँचो छ । अनि नेपाली जनतामा शान्ति सिर्जनात्मक समोन्नति सहकार्य ल्याई हँसाउनु छ । पार्टीभित्रका राम्रा युवाको साझा भावना राख्ने बीपीको जस्तो दूरदर्शी दृष्टि सङ्कल्प गर्न सक्ने राष्ट्रलाई समउन्नतितर्फ लान कार्य सम्पादन गर्ने/गराउन सक्ने कुनै आरोप नलागेको नेतालाई राष्ट्रप्रमुखका लागि अघि सार्नु आजको आवश्यकता हो । नेपाली कांग्रेस सिङ्गो पार्टीपङ्क्तिको चासोको विषय पनि हो । नेपाली कांग्रेसले देश र जनताका लागि समुद्र मन्थन गरी अलौकिक चकमत्कारिक रत्नहरू निकाली देश र जनतालाई सजाउनु छ । गौतम बुद्धको शान्तिको सन्देश उद्घोष गरी विश्वलाई हँसाउनु छ ।
नेपाली कांग्रेसको दर्शन महामानव बीपीको सङ्कल्प पूरा गर्नुपर्छ । पौराणिक कालमा देवता र दानव मिली समुद्र मन्थन गरिएको थियो भने हामी मानव मानवताहरूको सिद्धान्तलाई राम्रो कार्यमा मिलेर समझदारमिा काम गरी मन्थन गर्नु र रत्न निकाल्नु आजको आवश्यकता हो । हाम्रो अजय शक्ति भएका हिरा अथवा हिराको खानी युवायुवतीहरूलाई आफ्नो देशका अजम्बरी प्रकृति रत्नहरूको उजागर गराउनु छ । हामी सबैले राम्रा नेतालाई अब आउने सरकारको प्रमुखमा जान अनुरोध गर्नु गराउनु हामी कार्यकर्ताको धर्म र कर्तव्य हो । हाम्रो केन्द्रीय सदस्यज्यूहरू माझमा डा. शशांक कोइराला यो परिवेशमा राष्ट्रको प्रमुखका लागि नेपाली कांग्रेसले अघि सार्नु आजको आवश्यकता हो । पहिलोपटक प्रत्यक्ष जनमत पाई विजयी हुनुभएको कुनै आरोप नलागेको स्वच्छ छवि, दूरदर्शी र उच्च विचार, निर्मल भावना शान्तिवादी हुनुहुन्छ । हामी र हाम्रो देशलाई यस्तै व्यक्तिको खाँचो छ । राजनीतिमा थोरै समय भए पनि देश र जनतामा धेरै काम गरिसक्नुभएको छ । डा. शशांक कोइराला राष्ट्रको हितमा पुस्तौँदेखि समर्पण भएको उहाँहरूको इतिहास छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिरपरिचित छ कोइराला परिवारको छवि । नेपाली कांग्रेसका संस्थापक महामानव बीपीका सपुत डा. शशांक कोइराला राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न सक्ने कुशल व्यक्ति हुनुहुन्छ भन्ने हामी सबैलाई अटल विश्वास छ । नेपाली कांग्रेस पार्टी राष्ट्रहित, जनहित कार्य गर्न कुनै पनि बेला सजताका साथ तयार छ ।
आजसम्मको इतिहास हेर्दा देशलाई सङ्कट पर्दा भद्रा हेरेर बसेको छैन कि अहम् भूमिका खेल्दै आएको देखिन्छ । आज हामी नेपाली जनतालाई जातीयताको सङ्घीयता होइन कि विकासको आधारमा सङ्घीय लोकतन्त्रको आवश्यक छ भन्ने कुरा नेपाली कांग्रेसलाई राम्रो थाहा छ । बजेटलाई तर्जुमा गर्दा ग्रामीण बस्तीका गरिबहरूलाई फाइदा पुग्ने गरी बनाउनुपर्छ । राष्ट्रलाई सङ्कट पर्दा मेलमिलापको भूमिकाको साथ राष्ट्रसामु नेपाली कांग्रेस अघि बढ्नुपर्छ भन्दै महामानव बीपी आफू र आफ्ना पार्टीप्रतिको खतरालाई मतलब नगरी मेलमिलापको सिद्धान्तलाई अघि राखेर परदेशबाट देशमा आई देशलाई जोगाउनुभएको नेपाली जनतालाई थाहा भएकै कुरा हो ।
– भरतबहादुर कार्की
दिव्यपुरी–६, नवलपरासी, मो.नं. ९८०८५२९६२८