भ्रष्टाचार शुन्यमा झार्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौतीपूर्ण अठोट

भ्रष्टाचार शुन्यमा झार्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौतीपूर्ण अठोट


नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार शुन्यमा पु¥याउने प्रतविद्धता ब्यक्त गरेका छन् । प्रधानमन्त्रीको रुपमा शपथ लिएपछि पदभार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाएका छन् ।

भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता रहने भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै भ्रष्टाचार शुन्यमा झार्ने काम अबको सरकारले गर्ने बताए । ‘भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने कुरामा मात्रै नभई कार्यान्वयन गर्ने गरी अघि बढ्नेछु ।’ प्रधानमन्त्री ओलीले भने । भ्रष्टाचारमा भेदभाव र संरक्षण हुन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले नयाँ सरकारको भ्रष्टाचार नियन्त्रण प्रमुख उद्देश्य हुने बताएका छन् ।

पदभाार ग्रहणको क्रममा प्रधानमन्त्री ओलीले विभिन्न पाँच क्षेत्रमा काम गर्ने भन्दै प्रतिवद्धता समेत जनाएका छन् । समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय लक्ष्य निर्धारण गर्दै उनले त्यसका लागि कानुनी व्यवस्था, प्रशासनिक पुनसंचना गर्ने, आर्थिक समृद्धिका लागि कृषिको व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीको आपूर्तिको व्यवस्था गर्ने रहेको छ ।

त्यस्तै, आर्थिक समृद्धिमा नै ध्यान केन्द्रित गरी आन्तरिक पूँजी परिचालन गर्ने र बाह्य लगानीका लागि अनुकुल वातावरण सिर्जना गर्ने पनि प्रधानमन्त्री ओलीको प्रतिवद्धता रहेको छ ।

प्रधानमन्त्री ओलीेले आगामी २ बर्षभित्र हरेक गाउँपालिका र नगरपालिकामा सीटीईभीटीको सम्बन्धनमा प्राविधिक शिक्षालय स्थापना गर्ने, २ बर्षभित्रै संघीय संसदको आफ्नै भवन निर्माण गर्ने समेत लक्ष्य लिएको बताए ।