‘लगानी भित्र्याउन प्रदेश-प्रदेशबीच प्रतिस्पर्धा’

‘लगानी भित्र्याउन प्रदेश-प्रदेशबीच प्रतिस्पर्धा’


आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक संघीय संरचनामा प्रवेश गरीसकेको र सबै प्रदेशको समानुपातीक आर्थिक विकास आवश्यक रहेकोले स्वदेशी विदेशी लगानी भित्राउन प्रदेश प्रदेशको बीचमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ ।

‘उद्योग, व्यापार, कृषि एवम पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मुल नाराका साथ दाङ उद्योग वाणिज्य संघको आयोजनामा आज घोराहीमा आयोजित चौथो दाङ व्यापारिक तथा पर्यटन महोत्सवलाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै ढकालले उक्त कुरा उल्लेख गर्नुभएको हो ।

उपाध्यक्ष ढकालले छिमेकी मित्रराष्ट्र भारतको प्रदेश सरकारले लगानी भित्राउन विभिन्न विदेशी लगानी र निजी क्षेत्रलाई सुविधा दिने गरेको स्मरण गर्दै त्यस्तै सबै प्रदेशहरुमा समुचित लगानी भित्राउन त्यस्तै प्रतिस्पर्धा नेपालमा पनि हुनु पर्ने बताउनु भयो ।

एशियाकै दोस्रो ठूलो उपत्यका दाङमा कृषि पर्यटन र खानी उद्योगको क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै यी सम्भावनाहरुलाई दिगो आर्थिक विकासको माध्यम बनाउने कार्यमा स्थानीय उद्योग वाणिज्य संघहरु निजी क्षेत्र र लगानी गर्न चाहने इच्छुक सबैसँग मिलेर काम गर्न नेपाल उद्योग वाणिज्य संघ सदैव तयार रहेको बताउनु भयो ।

सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व उप्रप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा, दाङबाट निर्वाचित जन प्रतिनिधिहरु र नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य भरतराज आचार्य एंवम ध्रुवराज श्रेष्ठ (भारी) लगायतका विभिन्न व्यक्तित्वहरुले महोत्सव सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

आइएमई रेमिटेन्स, बैंकिङ, सूचना प्रविधि, पर्यटन, उर्जा, अटोमोवाइल, इन्सोरेन्स लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको एक सफल व्यवसायिक ग्रुप हो ।