नेपालद्वारा क्यानडा पराजित

नेपालद्वारा क्यानडा पराजित


आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत बुधबार क्यानडासँगको खेलमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ । प्रतियोगिताको पाँचौँ गेम नेपालले क्यानडामाथि १ विकेटले जितेको हो । विन्डोकस्थित एफिज पार्क मैदानमा टस जितेर व्याटिङको लागि क्यानडालाई निम्त्याएको नेपालले ९ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । क्यानडाले चाहिँ निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

हारको अवस्थामा पुगिसकेको नेपाललाई करण केसीले अन्तिम बलसम्म खेलेर ४२ रन बनाउँदै जित दिलाएका हुन् । ३१ बल खेलेका उनले ४ छक्का र ३ चौका प्रहार गर्दै निर्णायक जित दिलाएका हुन्। यो जितसँगै नेपालले २०१९ को विश्वकप छनोट खेल्न पाउने भएको छ।