हिमालयन बैंकको नगद फिर्ता योजना

हिमालयन बैंकको नगद फिर्ता योजना


हिमालयन बैंक लि.ले आफ्ना ग्राहकका लागि आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने सो बैंकले जनाएको छ ।

योजनामा सहभागी हुन ग्राहकले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल (POS) मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ । यस योजनाअन्तर्गत ग्राहकले पोइन्ट अफ सेल (POS) मेशिनबाट सामान खरिद गर्दा ५ प्रतिशत र अनलाइन बाट सामान खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् । उक्त नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्य नगद फिर्ता गर्ने बताएको छ ।

नेपालको बैंकिङ्ग क्षेत्रमा एटिएम सुरुवात गर्ने पहिलो बैंक हिमालयन बैंक हो । यस बैंकका मुलुकभर ९५ वटा भन्दा बढि एटिएम काउन्टरहरु र तीन हजार भन्दा बढि POS मेशिनहरु संचालनमा छन् । यो योजना कुनै पनि नेपाली अनलाईनबाट वा कुनै पनि बैंकको POS मेशिनहरुबाट सामान खरिद गर्दा लागु हुनेछ ।