वैदेशिक रोजगारमा हुने ठगी कम भएन

वैदेशिक रोजगारमा हुने ठगी कम भएन


नेपालीलेहरु स्वोदेशमा रोजगार पाउन नसकी विदेशिने क्रम बढिरहेको बेला वैदेशिक रोजगारमा हुने ठगी कम नभएको पाइएको छ ।

सरकारले फ्री भिसा, फ्री टिकट लागू गरेपनि म्यानपावरवालाहरुले वैदेशिक रोजगारमा जाने युवायुवतीबाट अधिक रकम लिने गरेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार तीन वर्षमा मात्रै सात हजार भन्दा बढी विभागमा म्यानपावरको विरुद्धमा ठगी गरेको भन्दै उजुरी परेका छन् ।

विभागका अनुशार यो अवधिमा ७ हजार २ सय ३७ वटा उजुरी परेका छन् । जसमा आर्थिक वर्ष ०७१÷७२ देखि ०७३÷७४ सम्म क्रमशः २ हजार ६७९, २ हजार १७२ र २ हजार ३८३ ठगी गरेको भनी वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गरिएको छ ।

सो अवधिमा वैदेशिक रोजगारीका क्रममा भएको लेनदेनको क्रममा २ अर्ब १८ करोड ६८ लाख ४४ हजार १३६ रुपैयाँभन्दा बढी दाबीसहितको उजुरी परेको छ ।

यसरी परेको उजुरीको कारबाहीमा ३८ करोड ६६ लाख ५ हजार ७९३ रुपैयाँ पीडित पक्षलाई बिगो भराइएको विभागले जनाएको छ । आर्थिक वर्ष ०७२/०७३ को तुलनामा ०७३/२०७४ मा रकम हिनामिनासहित उजुरी गर्ने युवाको संख्या २११ जनाले बढेको देखिन्छ भने दाबी रकम पनि ६ करोड २७ लाख ४५ हजार ३०२ वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षमा ६९ करोड ५० लाख ९६ हजार ५०२ रुपैयाँ रकम दाबीसहित २ हजार १७२ जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका दिए । यसरी नै गत आवमा ७५ करोड ७८ लाख ४१ हजार ८०४ रुपैयाँ दाबीसहित २ हजार ३८३ उजुरी दर्ता गरेको वैदेशिक रोजगार विभाग उजुरी तथा अनुसन्धान शाखाको तथ्यांकमा उल्लेख छ ।