पानीजहाज कारखानामा विस्फोट, पाँचको मृत्यु

पानीजहाज कारखानामा विस्फोट, पाँचको मृत्यु


भारतको पानी जहाज मर्मत तथा निर्माण गर्ने कारखानामा विष्फोट भएको छ । विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । केरला प्रदेशमा आज (मङ्गलबार) भएको सो घटनामा परी अन्य १५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

केरला राज्यको राजधानी थीरुभानान्थापुरमदेखि २०० किलोमिटर टाढा पर्ने इर्नाकुलम जिल्लामा रहेको कोची विमान कारखानामा सो विस्फोटनको घटना भएको हो ।

एक विमान मर्मत भईरहेको अवस्थामा विस्फोटन भएको र त्यसमा परी पाँचको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका एक अधिकारीहरुलाई उद्धृत गर्दै एजेन्सीहरुले जानकारी दिएका छन् ।

विस्फोटनमा परेको जहाज राज्यनियन्त्रित तेल र प्राकृतिक ग्यास निगमको भएको बताइएको छ । मर्मतका लागि त्यो जहाज मर्मत स्थलमा लगिएको थियो ।

विस्फोटनको कारण अहिलेसम्म खुल्न नसकेको बताइएको छ। आगलागी भएको विमानभित्र दुई जना अझै च्यापिएको समाचारमा जनाइएको छ ।