जनयुद्ध दिवसकै दिन विप्लव अनुपस्थित

जनयुद्ध शुरु गरेको दिनको स्मरणमा नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पार्टीले मंगलवार राजधानीमा गरेको एक समारोहमा सो पार्टीका प्रमुख विप्लव नै अनुपस्थित भएका छन् ।

प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’, माओवादी केन्द्र त्यागेका विश्वभक्त दुवाल ‘आहुती’ र लोकेन्द्र विष्ट लगायत नेताहरु उपस्थित भए पनि विप्लव भने देखिएनन् ।

उनी किन अनुपस्थित भए भन्ने बारे उपत्यकाबाहिर रहेका कारण कार्यक्रममा सहभागि नभएको आयोजकले बताए पनि उनी कहाँ छन् त्यो भने खुलाइएको छैन । कार्यक्रममा हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायत नेताले सम्वोधन गरेका छन् ।

प्रतिक्रिया






37 Shares
Share37
Tweet
+1
Share