चितुवाको आक्रमणबाट बालकको ज्यान गयो

चितुवाको आक्रमणबाट बालकको ज्यान गयो


चितुवाको आक्रमणबाट भक्तपुरमा बालकको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका  ७, गुण्डु पानीट्याङ्की स्थित चितुवाको आक्रमणबाट बालकको ज्यान गएको हो ।

प्रहरीका अनुसार सोमबार साँझ पसल गएर फकिर्ने क्रममा स्थानीय सुनिल तामाङका ६ वर्षीय छोरा शिशिर तामाङलाई बाघले आक्रमण गरी घिसारेर जंगलमा लगेको थियो ।

चितुवाले बालकलाई आक्रमण गरी बेपत्ता पारेपछि स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालक शव फेला पारेको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी दिपक श्रेष्ठले बताए ।

चितुवाले जंगगलमा बालक खाईरहेको अवस्थामा फेला परेको र मानिसको भिड देखेपछि भागेको उनले बताए ।

चितुवाले बालकको शरीरको तल्लो भाग आधा खाएको अवस्थामा शव फेला परेको समेत प्रहरीले जनाएको छ । बालकको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।