पशुपतिका बाबा गाँजाको तालमा लठ्ठ (फोटोफिचर)

पशुपतिका बाबा गाँजाको तालमा लठ्ठ (फोटोफिचर)


फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।

शिवरात्रिका अवसरमा हिन्दूहरूका आराध्यदेव पशुपतिनाथमा भक्तजनहरुको घुइँचो लागेको छ । सिमसिमे पानी परे पनि बिहानैदेखि पशुपतिमा भक्तजनहरूको भीड लागेको थियो ।

बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३:१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए ।

पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ । पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीनतर्फबाट पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

यसवर्षको शिवरात्रिमा १२ देखि १३ लाख दर्शनार्थीले मन्दिरमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

पशुपतिमा अन्य भक्तजनहरुसँग साधुसन्तहरूको पनि घुइँचो छ । बाबाहरू गाँजाको तालमा लठ्ठभएर मन्दिर आसपासमा बसिरहेका छन् ।

पशुपती क्षेत्रमा देखिएमा देखिएको चहलपहल तस्बिरमा…