तीस हजार विद्यालयमध्ये बुटबलको कालिका नेपाल–प्रथम

तीस हजार विद्यालयमध्ये बुटबलको कालिका नेपाल–प्रथम


नेपाल भरिका ३० हजार सामुदायिक विद्यालयलाई पछि पार्दै बुटबलको कालिका मावि नेपाल प्रथम भएको छ । एसईई २०७३ मा साधारण÷प्राविधिक विद्यालयतर्फ उक्त विद्यालय नेपाल प्रथम भएको हो ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठबाट विद्यालयका प्रधानाध्यापक घनश्याम पाठक र अध्यक्ष होमबहादुर गलामी राष्ट्रिय ध्वजा, शिल्ड, प्रमाणपत्र र नगद (२ लाख र १ लाख)को सम्मानबाट सम्मानित भएका छन् । यसको खुशीयालीमा बुटवलमा सोमबार ¥याली समेत निकालिएको थियो ।

विद्यालयका प्रअ घनश्याम पाठकले विद्यालय प्राविधिकतर्फ तेस्रोपटक प्रथम भएको र साधारणतर्फ पहिलोपटक प्रथम भएको बताए । विद्यालयमा प्राविधिक शिक्षातर्फ ४८ जना विद्यार्थी अध्ययरत छन् ।

यसैगरि कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा ८ देखि १२ सम्म पढाई हुने प्रधानाध्यापक घनश्याम पाठकले बताए । शिक्षाक्षेत्रका साथै अतिरिक्त क्रियाकलापमा समेत विद्यालयको नतिजा उत्कृष्ट आइरहेको उनको दाबी छ । पाठकले भने आफूहरुलाई हौसला मात्र नभई चुनौती र अवसर दुवैै रहेको बताए ।

विद्यालयमा हाल ४ हजार ३ सय ६६ विद्यार्थी अध्ययरत छन् भने १ सय ८७ शिक्षक कर्मचारी कार्यरत छन् । कालिका मावि र रामनगरमा रहेका मानव ज्ञान माविसँग मर्ज हुने भएको छ । उक्त विद्यालयमा १ सय ८० जना विद्यार्थी अध्ययरत छन् ।

– चन्द्रकान्त खनाल