अमेरिकामा नेपाली तेक्वान्दो खेलाडीलाई तीन स्वर्ण

अमेरिकामा नेपाली तेक्वान्दो खेलाडीलाई तीन स्वर्ण


संयुक्त राज्य अमेरिकाको डालास टेक्सासमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी यानकुमारी चौलागाई, ज्ञानी चुनारा र ताराबहादुर रायमाझीले स्वर्ण पदक जितेका छन् ।

फेदरवैटको ५३ देखि ५७ केजी समुहमा प्रतिस्पर्धा गरेकि यानकुमारी सेमीफाइनलमा भारत र फाइनलमा साल्भाडोरकि खेलाडीलाई पराजित गरेर स्वर्ण जितेकि हुन् ।

त्यस्तै लाईटवैट ५८ देखि ६२ केजी समुहमा प्रतिस्पर्धा गरेििक ज्ञानी चुनाराले सेमिफाइनलमा पानामा र फाइनलमा संयुक्त राज्य अमेरिकाकि खेलाडीलाई पराजित गरेर स्वर्ण पदक हात पारेकि हुन् ।

यसैगरि पुरुष फ्लाइवैट ५४ देखि ५८ केजी समुहमा प्रतिस्पर्धा गरेका तारावहादुर रायमाझील सेमिफाइनलमा भारत र फाइनलमा मेक्सिको खेलाडीलाई पराजित गरि स्वर्ण पदक जितेका थिए ।

उक्त अन्तर्राष्ट्रिय तेक्वान्दोे च्याम्पियनसिपमा नेपाली टीमको व्यवस्थापक र टीम कोचको भूमिका पूर्व राष्ट्रिय एवम् हाल अमेरिको बाल्टिमोडमा एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो एकेडेमी संचालन गर्दै आएका मास्टर कुमार कार्कीले निभाएका थिए ।

त्यस्तै स्वर्ण पदक विजेता तीन जना राष्ट्रिय खेलाडीहरुलाई नेपालका पूर्व सिनियर तेक्वान्दो प्रशिक्षक मास्टर अमिर श्रेष्ठको विशेष सहयोगमा अमेरिकाको उत्कृष्ट तेक्वान्दो एकेडेमीमा दुई साताको विशेष प्रशिक्षण लिएको कुमार कार्कीले जानकारी गराएका छन् ।