आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपाल आज केन्यासँग खेल्दै

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपाल आज केन्यासँग खेल्दै


आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले आज  केन्यासँग प्रतिस्पर्धा गर्दैछ । नामिवियामा जारी तेस्रो खेलमा आइतबार युएईलाई हराएको नेपालले चौथो खेलमा केन्यासँग खेल्न लागेको हो ।

विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा हुने नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

डिभिजन टु अन्तर्गत केन्यासँगको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ । त्यसैले केन्याविरुद्ध मैदान उत्रँदा नेपाल तेस्रो जितको खोजीमा रहनेछ ।

केन्यालाई पराजित गरेको खण्डमा नेपालले डिभिजन टु शीर्ष दुई स्थानमा रहँदै विश्वकप छनोट यात्राको सम्भावना बलियो बनाउने छ । यस्तै उच्च श्रेणीको क्रिकेट खेल्न पनि नेपाललाई डिभिजन टु को शिर्ष दुईमा पुग्नु पर्ने हुन्छ । नेपाल केन्यासँग पराजित भए अन्तिम खेलमा क्यानडालाई हराएर अन्य टोलीको नतिजामा समेत भर पर्नु पर्ने हुन्छ । त्यसैले केन्यालाई हराउने योजनामा नेपाल रहनेछ । डिभिजन टु को बिजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउनेछ ।

पछिल्लो खेलको नतिजा हेर्दा  केन्याको चुनौती पन्छाउन नेपाललाई कठिन हुने देखिन्छ ।